बुटवल । बुटवलमा बुधबारदेखि मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ हुने भएको छ ।
च्याम्पियनसिपको बुधबार एक समारोहका बीच मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको रामनगर खेल मैदानमा बिहान ११:०० बजे उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । च्याम्पियनसिपको तयारी पूरा भएको मङ्गलबार बुटवलमा आयोजित ट्रफी सार्वजनिक तथा पत्रकार सम्मेलनमा बताइएको हो । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६औँ स्थापना दिवसको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरिएको मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।
प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठवटा समूहले प्रतिस्पर्धा गर्दैछन् । सहभागी हुने टिममा मदन भण्डारी स्पोर्टस एकेडेमी, नेपाल आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मणिमुकुन्द भलिबल क्लब बुटवल, गुजरात स्टेट भलिबल एसोसिएसन (भारत), गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रहेको एकेडेमीका अध्यक्ष आचार्यले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार सात लाख रुपियाँ रहेको छ । यस्तै द्वितीय पुरस्कार तीन लाख ५० हजार, तृतीय पुरस्कार एक लाख ७५ हजार, सान्त्वना पुरस्कार एक लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ । यस्तै उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहेको छ ।
प्रतियोगिताका लागि बुधबारको खेल निशुल्क गरिएको छ भने विहिवारदेखि प्रति व्यक्ति तीनसय रुपियाँ टिकटको व्यवस्था गरिएको छ । अध्यक्ष आचार्यले परिस्थिति अनुसार टिकट शुल्कमा बृद्धि पनि हुन सक्ने बताए । रामनगर खेल मैदानमा हुने प्रतियोगिता २५ सय दर्शकले हेर्न सक्नेछन । लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री लिला गिरिले पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: