Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

ताप्लेजुङकाे कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटक बढे

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटक बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार कञ्चनजङ्घाको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको हो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्कअनुसार कञ्चनजङ्घा भ्रमणमा आउने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको छ । कार्यालयका संरक्षण अधिकृत (वार्डेन) प्रमोदकुमार यादवले पाँच वर्षे तथ्याङ्कलाई हेर्दा कञ्चनजङ्घा भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या हरेक वर्ष  बढेको बताए । 

संरक्षण अधिकृत यादवका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६०८ जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न आएका छन् । यस्तै कोरोना भाइरस (कोभिड–१९) को महामारीको मुख्य समय आव २०७७/७८ मा विदेशी पर्यटकको आगमन शून्य भए पनि त्यसपछिको वर्ष अर्थात् आव २०७८/७९ मा २०६ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए ।

आर्थिक वर्ष २०७९/८० मा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढेर ७१३ पुगेको थियो । यस्तै आव २०८०/८१ मा एक हजार ८५ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका संरक्षण अधिकृत यादवले जानकारी दिए । यता चालु आवको पाँच महिनाभित्रै अर्थात मङ्सिर सम्ममा ८७७ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । वर्षमा दुई मौसम (सिजन) पर्यटकको आगमन हुने गर्दछ । चालु आवको पहिलो मौसममै ठुलो सङ्ख्यामा विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गर्नु पर्यटन क्षेत्रका लागि सकारात्मक सन्देश भएको पर्यटन व्यावसायी बताउँछन् । विस्तारै सडकको पहुँच विस्तार तथा पदमार्ग सहज हुँदै गएकाले अझ कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्दै जानेमा पर्यटन व्यावसायी ढुक्क छन् ।

पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार विदेशीसँगै आन्तरिक पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दै गइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका कार्यालय सचिव मनकुमार लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार कार्यालयले आन्तरिक पर्यटकको यकिन तथ्याङ्क नराखे पनि कञ्चनजङ्घामा उपस्थिति बढिरहेको छ । यता कञ्चनजङ्घामा पर्यटकको सङ्ख्या अझ बढाउने उद्देश्यसहित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन् परिषद्ले आगामी वैशाखमा कञ्चनजङ्घा हीरक महोत्सव आयाोजना गर्ने भएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending