रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपालको राज्य व्यवस्थाप्रति जनताले प्रश्न उठाएको बताएका छन् । रोल्पामा प्रेस सेन्टर रोल्पा शाखाको छैटौं अधिवेशनको आइतबार उद्घाटन गर्दै उनले अस्थिर राजनीति र विश्वको पुँजी बजारका कारण व्यवस्था माथि नै प्रश्न उठाइएको बताए ।
'जनताले विभिन्न ढंगले अहिलेको व्यवस्थामाथि प्रश्न उठाएका छन् । काठमाडौंमा मेयर पदको निर्वाचनमा 'स्वतन्त्र' उम्मेदवारका रूपमा जनताको प्रश्न थियो । अन्यत्र पनि त्यसैगरी व्यवस्था प्रति फरक ढंगले प्रश्न उठाउने गरिएको छ ।' पार्टीको उपमहासचिव समेत रहेका नेता पुनले भने, 'जनताको प्रश्न विभिन्न रूप र अवस्थामा प्रकट हुने गरेको छ ।' उनले राजनीतिक दल र नेतामाथिको विश्वास र भरोसामा कमी आउँदा व्यवस्था प्रति प्रश्न उठ्ने अवस्था सिर्जना भएको स्वीकार गरे ।
लामो समयसम्म बिरामी भएर उपचारपछि गृह जिल्ला आएका उनी यतिबेला पार्टी गतिविधि बढाउन व्यस्त छन् । कार्यकर्ता भेला, प्रशिक्षण एवं घरदैलो अभियानमा लागेका उनले विकास निर्माणका योजनाको अनुगमनमा समेत चासो राखेको दाबी गरे । 'हामीले नै गाउँको विकास गर्ने हो । स्थानीय सरकारको काम कारवाहीबारे समन्वय गरेर समानुपातिक विकास प्रति ध्यान दिनु आवश्यक छ ।' उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उत्थान र निर्वाचन नतिजाबारे टिप्पणी गर्दै उनले भने, 'एकथरी शक्तिले हामी लगायत पुराना पार्टीको औचित्य सकियो समेत भने । अर्काथरीले त्यसैको विकल्प खोजिएको अर्थ लगाए भने अन्यले बरु राजतन्त्र नै ठफक छ भनेर पछाडि फर्कन खोजे । यसरी प्रश्न गर्दै व्यवस्थामाथि नै व्यंग्य गरेको स्पष्ट देख्न सकिन्छ ।' उनले भने अहिलेको लोकतान्त्रिक व्यवस्था भन्दा राम्रो व्यवस्था विश्वमा न भएको तर्क गरे । 'कसैले बढी अधिकार दिइएको र कसैले पछि फर्केर राजतन्त्र नै मान्ने भने पनि हाम्रो पार्टी माओवादी केन्द्रको विचार यसै व्यवस्थालाई मलजल गरेर बलियो बनाउनुपर्छ भन्नेमा अडिग छ,' उनको भनाइ छ ।
उपमहासचिव पुनले देशअनुसारको लोकतन्त्रमा मौलिकता र विशेषता हुने बताए । नेपालमा पनि जनताले चाहेको जस्तो मौलिक लोकतन्त्र पाइएको उनको धारणा छ ।' लोकतन्त्रभित्रका समस्या हुन्छन्, अहिले प्राप्त लोकतन्त्रलाई 'सर्भिसिङ' गरेर टिकाउनुपर्ने अवस्था छ । एकपछि झन राम्रो बन्दै जान्छ । बरु विरोध गर्नु न्यायिक होइन,' उनले भने । लोकतान्त्रिक व्यवस्थालाई नयाँ र पुरानोबीचको लडाइ बनाउनु नपर्ने उनको आग्रह छ । जनताको चेतनास्तर अगाडि भएकाले प्रतिगमन र अग्रगमनबारेको अनुमान गर्नु उचित नहुने उनी बताउँछन् ।
पार्टीजस्तै परिमार्जित भएर अघि जाने नेता मात्र अहिलेको व्यवस्थामा टिक्ने र नेतृत्वमा पुग्ने अवस्था भएको उनको भनाइ छ । हरेक पार्टीभित्र नेतृत्वको लडाइँ भएको इंगित गर्दै उनले भने, 'जबर्जस्ती ठीक छु भन्ने नेतृत्व पतन हुने र बिलाएर सकिने बलियो सम्भावना छ अथवा कुनातिर कतै फ्याँकिन्छ,' उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: