Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

धनकुटाकाे पाख्रिबास पर्यटककीय गन्तव्य बन्दै

खबरडबली संवाददाता

धनकुटा । धनकुटाको पाख्रिबासमा पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । पहिले कृषि अनुसन्धान केन्द्र मात्र आकर्षक गन्तव्यको रूपमा रहेको पाख्रिबासमा अहिले पर्यटकका लागि पनि गन्तव्य बनेको हाे । 

धनकुटा सदरमुकामबाट करिब १७ किलोमिटर उत्तर तथा पर्यटकीय नगरी हिलेसँगै जोडिएको यो स्थानमा केही गन्तव्य निर्माणकै क्रममा रहेका छन् । कृषि अनुसन्धान केन्द्र बाहेक संसारीमाईस्थान सिमसार क्षेत्र, जौटार सामुदायिक वन क्षेत्र, राम्चे डाँडा पाख्रिबास बजारमाथि निर्माण गरिएको मन्दिर मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको स्थानीय प्रेम भण्डारी बताउँछन् । 

संसारीमाईस्थान सिमसार क्षेत्र पाख्रिबास बजारसँगै जोडिएको छ । जहाँ चिया बगान, पोखरी विभिन्न भगवान् का ठुला मुर्ति तथा विमानको प्रतिमा निर्माण गरिएको छ । करिब दुई करोडको लागतमा यो स्थानमा निर्माण गरिएको हो । पछिल्लो समय पिकनिक खानेका लागि आकर्षणको केन्द्र बन्दै गएको स्थानीय श्याम राईले बताए । 

त्यस्तै, पाख्रिबासको पूर्वतर्फको डाँडामा पाख्रिबास नगरपालिका तथा काठमाडौं महानगरपालिकाको संयुक्त लगानीमा करिब तीन करोड रुपियाँ खर्च गरेर मन्दिर, सिंढी, यलम्बरको मूर्ति, शौचालय आदि निर्माण गरिएको छ । जुन पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दैगएको छ । 

यी स्थानसहित पाख्रिबास बजारबाट उकालो लागेर जौटार सामुदायिक वनतर्फ जाने क्षेत्र आफैँमा मनमोहक छ । यहाँ यात्रा गर्दा डाँडाबाट देखिने सुन्दर हिमाल, पहाडी मनोरम दृष्य, नाँगी तथा जैबिक विविधताले जोकोहीको मन लोभ्याउँछ । पर्यटकीय स्थानमा पूर्वाधार निर्माणको काम भइरहेको पाख्रिबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ बताउँछन् । 

“हाम्रो पालिकाको मुख्य लक्ष्य भनेको पूर्वाधारसहित कृषि र पर्यटन हो सोही लक्षअनुसार हामी पर्यटनतर्फ काम गरिरहेका छौं” गुरुङले भने । पाख्रिबासको राम्चेक्षेत्र अर्को आकर्षक गन्तव्य हो । जहाँबाट मकालु, चाम्लाङ, लगायतको हिमालसहित अरुण उपत्यका, पहाडी क्षेत्रको मनमोहक दृष्य देख्न सकिन्छ । त्यस्तै, यहाँको चिया बगान, नाँगीले थप आकर्षक बनाएको छ । यो स्थानमा पर्यटक आकर्षित गर्न भ्युटावर निर्माण गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending