Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

धनकुटाकाे पाख्रिबास पर्यटककीय गन्तव्य बन्दै

खबरडबली संवाददाता

धनकुटा । धनकुटाको पाख्रिबासमा पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । पहिले कृषि अनुसन्धान केन्द्र मात्र आकर्षक गन्तव्यको रूपमा रहेको पाख्रिबासमा अहिले पर्यटकका लागि पनि गन्तव्य बनेको हाे । 

धनकुटा सदरमुकामबाट करिब १७ किलोमिटर उत्तर तथा पर्यटकीय नगरी हिलेसँगै जोडिएको यो स्थानमा केही गन्तव्य निर्माणकै क्रममा रहेका छन् । कृषि अनुसन्धान केन्द्र बाहेक संसारीमाईस्थान सिमसार क्षेत्र, जौटार सामुदायिक वन क्षेत्र, राम्चे डाँडा पाख्रिबास बजारमाथि निर्माण गरिएको मन्दिर मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको स्थानीय प्रेम भण्डारी बताउँछन् । 

संसारीमाईस्थान सिमसार क्षेत्र पाख्रिबास बजारसँगै जोडिएको छ । जहाँ चिया बगान, पोखरी विभिन्न भगवान् का ठुला मुर्ति तथा विमानको प्रतिमा निर्माण गरिएको छ । करिब दुई करोडको लागतमा यो स्थानमा निर्माण गरिएको हो । पछिल्लो समय पिकनिक खानेका लागि आकर्षणको केन्द्र बन्दै गएको स्थानीय श्याम राईले बताए । 

त्यस्तै, पाख्रिबासको पूर्वतर्फको डाँडामा पाख्रिबास नगरपालिका तथा काठमाडौं महानगरपालिकाको संयुक्त लगानीमा करिब तीन करोड रुपियाँ खर्च गरेर मन्दिर, सिंढी, यलम्बरको मूर्ति, शौचालय आदि निर्माण गरिएको छ । जुन पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दैगएको छ । 

यी स्थानसहित पाख्रिबास बजारबाट उकालो लागेर जौटार सामुदायिक वनतर्फ जाने क्षेत्र आफैँमा मनमोहक छ । यहाँ यात्रा गर्दा डाँडाबाट देखिने सुन्दर हिमाल, पहाडी मनोरम दृष्य, नाँगी तथा जैबिक विविधताले जोकोहीको मन लोभ्याउँछ । पर्यटकीय स्थानमा पूर्वाधार निर्माणको काम भइरहेको पाख्रिबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ बताउँछन् । 

“हाम्रो पालिकाको मुख्य लक्ष्य भनेको पूर्वाधारसहित कृषि र पर्यटन हो सोही लक्षअनुसार हामी पर्यटनतर्फ काम गरिरहेका छौं” गुरुङले भने । पाख्रिबासको राम्चेक्षेत्र अर्को आकर्षक गन्तव्य हो । जहाँबाट मकालु, चाम्लाङ, लगायतको हिमालसहित अरुण उपत्यका, पहाडी क्षेत्रको मनमोहक दृष्य देख्न सकिन्छ । त्यस्तै, यहाँको चिया बगान, नाँगीले थप आकर्षक बनाएको छ । यो स्थानमा पर्यटक आकर्षित गर्न भ्युटावर निर्माण गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending