Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

अनलाइन पत्रकारितालाई व्यवस्थित गर्न ऐन ल्याउन लागेका छाैँ: सञ्चारमन्त्री गुरुङ

खबरडबली संवाददाता

पोखरा । सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका सातै प्रदेशका ७ सय ५३ नगरपालिकामा अप्टिकल फाइबर विस्तार गरी इन्टरनेटको अवधारणा बढिरहेको बताएका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शुक्रबार पोखरामा आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती विषयक कार्यक्रममा  बोल्दै मन्त्री गुरुङले सो कुरा बताएका हुन् । मन्त्री गुरुङले अप्टिकल फाइबर केही सरकारी कार्यालयदेखि पालिकासम्म रहे पनि अबका दिनमा छिटो भन्दा छिटो सबै सरकारी कार्यालयबाट यसैमार्फत सेवा प्रवाह गर्ने बताए । उनले ई–गभर्नेन्सको कार्यान्यनबाट जनताले छिटो–छरितो र सर्वसुलभ सेवा पाउने र सरकारको राजश्वमा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरे । ई-गभर्नरबाट सेवा प्रवाह गर्दा भ्रष्टाचार, अनियमितता र बेथितिलाई न्यूनीकरण गर्न पनि सहज हुने उनको भनाइ थियो । 

आज विश्व एआइको जमानामा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले डिजिटल सेवाका लागि ढिलो गर्न नहुने स्पष्ट पारे । नेपालका लागि आफ्नै सेटेलाइट आवश्यक भएको बताउँदै मन्त्री गुरुङले सरकारले त्यसका लागि पनि काम अघि बढाएको उल्लेख गरे । दूरसञ्चारका समस्याको समाधानका लागि मात्र नभई राष्ट्रियता र स्वाधिनतासँगै भावी पुस्ताका लागि सेटेलाईट आवश्यक रहेको भन्दै उनले यसबारे आवश्यक ऐन पनि ल्याउने तयारीमा रहेको जानकारी दिए । 

सञ्चारमन्त्री गुरुङले सञ्चार माध्यमको बारे बाेल्दै भर्खरै नेपाल टेलिभिजन र रेडियो  नेपाललाई पिएसपीअन्तर्गत ल्याइसकेको र अब  गोरखापत्र र राष्ट्रिय समाचार समितिलाई पनि सार्वजनिक प्रकाशन सेवाअन्तर्गत ल्याउने नीति रहेको उल्लेख गरे । अनलाइन पत्रकारितालाई व्यवस्थित गर्न ऐन ल्याउन लागेको उनको भनाइ थियो । मन्त्री गुरुङले सामाजिक सञ्जाल र अनलाइन मिडियालाई नियमन गर्ने ऐन ल्याउँदा जनताको सूचनाको हक र प्रेस स्वतन्त्रतालाई अक्षुण राख्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: