Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

दैलेखमा कोल्ड स्टोर सञ्चालनले किसान उत्साहित

खबरडबली संवाददाता

दैलेख । कृषि विकास कार्यालय दैलेखले कोल्ड स्टोरलाई सञ्चालमा ल्याएको छ । जिल्ला कृषि विकास कार्यालय दैलेखले फलफूल तथा कृषि उपजलाई सुरक्षित तवरले भण्डारण गर्ने उदेश्यसहित कोल्ड स्टोरलाई सञ्चालनमा ल्याएको हो । 

कार्यालय परिसरसँग जोडिएको कृषि सामग्री केन्द्रको जीर्ण भवनलाई हटाएर अत्याधुनिक सुविधा सहितको भण्डारण भवन निर्माण गरेर तयार अवस्थामा राखिएको थियो । एक सय ५० मेट्रिकटन क्षमताको तीन वटा चेम्बरसहित कोल्ड स्टोर सञ्चालमा आएको छ । 

कोल्ड स्टोर सञ्चालनमा आएपछि सुन्तला राख्नका लागि आएका दुल्लु नगरपालिका ११ भुँकहाका किसान ठाकुर केसी निकै खुसी छन् । पाँच सय बढी बिरुवा छन्, तीन सय बढी बिरुवा फलेको छन् । केसी भन्छन्, ‘एकै पटक बेच्न कठिन हुने भएकाले भण्डारण गर्न थालेको हो ।’ भण्डारणमा एक सय ३० क्यारेटमा करिब तीन हजार केजी भण्डारण गरेका छन् । सुन्तला सिजनमा अति उत्पादन हुँदा मूल्य कम हुने र खेर जाने भएकाले पनि केही महिनापछि मूल्य बढी पाउने आशा जगाएको बताए । 

त्यस्तै कृषि विषय नै अध्ययन गरेर कृषि कर्ममा लागेका भैरवी गाउँपालिका ७ का राजेश कँडेलले करिब दुई क्विन्टल किवी भण्डारण गरेका छन् । किवीको बजारमा माग पनि धेरै छ तर सबै ठाँउमा एकै समयमा फल्न भएकाले पनि मूल्य नपाउने गरेकोमा अब केही महिना मात्र सुरक्षित राख्न सके उच्च मूल्य लिन सकिने बताए । 

ढिलोद सञ्चालनमा आएको कोल्ड स्टोरबाट सुन्तला र आलु किसानले लाभ लिनेछन् ।  सुन्तला जस्तै किवी, जुनार, कागती, स्याउ, तरकारी लगायत फलफूललाई भण्डारण गर्न सकिने भएपछि किसानलाई उत्साह थपेको छ । किसानहरूको उत्साहलाई ध्यानमा राखी जति सक्दो छिटो सञ्चालनमा ल्याउँदा किसानले मूल्य पाउने र मनग्य कमाउन सक्ने विश्वाससहित सेवा विस्तार गरिएको कृषि विकास कार्यालय दैलेखका प्रमुख राजु भुजले बताए । 

भावनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको करिब ६० लाखको लागतमा दुई वर्ष अगाडि निर्माण सम्पन्न गरेको थियो भने करिब थप ७९ लाख बराबरको कोल्ड स्टोरको उपकरण जडान गरेर संचालनमा ल्याइएको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending