Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

विरोधको शैली परिवर्तन गर्न सभामुखको आग्रह, विपक्षी असहमत

खबरडबली संवाददाता

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा निरन्तर भइरहेको विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। तर विपक्षी दलहरूले सभामुखको प्रस्ताव स्वीकार गरेका छैनन्।

प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विगत ४० दिनदेखि प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विरोध जनाउँदै आएका छन्।

बिहीबारको बैठकमा सभामुख अर्यालले एउटै विषयमा सबै विपक्षी सांसदले बोलिरहनुभन्दा विपक्षी दलका तर्फबाट एक जनाले धारणा राखेर बैठकको कार्यसूची अघि बढाउने प्रस्ताव गरेका थिए। त्यसअनुसार उनले नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्ने समय दिएका थिए।

यद्यपि, विपक्षी दलहरूले एक जना सांसदले मात्र धारणा राख्ने प्रस्तावमा सहमति जनाएनन्।

त्यसपछि सभामुख अर्यालले विरोध गर्दा उठाइएको मूल विषयमै केन्द्रित हुन र विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरे।

उनले भने, “माननीय सदस्यहरूले विरोध गर्दा उठाइएको विषयमै केन्द्रित हुनुपर्छ। सभामुखले बारम्बार ‘त्यसभन्दा बाहिर नजानुस्’ भन्नुपर्ने अवस्था आउनु उपयुक्त होइन।”

सभामुखले विरोधको औचित्य कायम राख्न पनि उठाइएको विषयभित्रै रहेर धारणा राख्नुपर्ने बताए। साथै, विपक्षी दलका तर्फबाट एक जनाले प्रतिनिधित्व गर्दै बोलेपछि दैनिक कार्यसूचीमा प्रवेश गर्न पुन: आग्रह गरे।

तर सभामुखको आग्रहलाई विपक्षी दलहरूले स्वीकार नगरेपछि बैठकमा विरोध यथावत् रह्यो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमवासीलाई दिइएको पाँचदिने अल्टिमेटम फिर्ता लिन कांग्रेसको माग

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीलाई पाँच दिनभित्र स्थान खाली गर्न दिइ...

राजस्व अनुसन्धान विभागका अधिकार पुन: बाँडफाँट, ४ वटा ऐन र एउटा नियमावली खारेज गर्दै सरकार

काठमाडौं । सरकारले पुराना तथा हालको संरचनासँग मेल नखाने चारवटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले...

कार्बन व्यापारबाट एक अर्ब १० करोड, उखु अनुदान भुक्तानी

काठमाडौँ। कृषि तथा वन मन्त्रालयले पछिल्लो १०० दिनमा कृषि उत्पादन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।...

विरोधको शैली परिवर्तन गर्न सभामुखको आग्रह, विपक्षी असहमत

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा निरन्तर भइरहेको विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। तर विपक्षी दलहरूले सभा...

प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग्दै प्रतिनिधिसभामा विपक्षीको आजपनि विरोध

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएक...

बजारमा ह्वात्तै घट्यो सुनचाँदीको मुल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला रु २ हजार ४०० र चाँदी प्रतितोला रु १६० ले सस्तिएको हो। नेपाल ...

बाल मन्दिर जग्गा भाडा प्रकरणमा तीन जना पक्राउ

काठमाडौं । बाल मन्दिरको जग्गा भाडामा दिइएको विषयसँग सम्बन्धित विवादमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...

राष्ट्रिय सभाबाट आज चार अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याकमा पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सभाले आज चारवटा अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याक प्रक्रियामार्फत पारित गर्ने तयारी गरेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो ...

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर...

आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending