सुनसरी । सुनसरीकाे वराहक्षेत्र नगरपालिका-१० प्रकाशपुरस्थित सप्तरी टोलमा मङ्गलबार राति विद्युतीय तार सर्ट भई आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । स्थानीय नवराज पौडेलको तल पक्कीवाल माथि काठको टाँटी बेरा र टिनको छानो भएको टारे घर जल्दा १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरीले कार्यालय सुनसरीले जनाएको छ ।
आगलागीबाट नवराज पौडेलको एउटा ग्वाली, घर, छ ओटा खसी, तीन ओटा बाख्रा, पाँच वटा पाठा, ५० मन धान, २० मन मकै जलेर नष्ट भएको छ । आगलागीमा कोशी कम्पनीको ग्यास सिलिन्डर दुई वटा र ४० हजार नगद सहित तीन बिघाहाको पराल, लत्ता कपडा, भाडावर्तन पूर्ण रूपमा जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
आगो नियन्त्रमा लिन स्थानीयवासी, प्रकाशपुर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक भोलानाथ धमला र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विकास राई सहितको प्रहरीको टोली खटिएको थियो । आगोलागीबाट छिमेकी प्रकाश कार्कीको १५ कठ्ठाको पराल र काठ जल्दा ३० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगोलाई नियन्त्रणमा लिन वराहक्षेत्र नगरपालिका, कोशी गाउँपालिका र झुम्का नगरपालिकाको बारुद यन्त्रलाई एक घण्टा लागेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: