Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी

खबरडबली संवाददाता

पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन् ।

त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘फेवा संवाद’ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्र वृद्धि गर्दै विकास, निर्माणमा लगानी बढाउँदै जानुपर्ने उल्लेख गरिन् । उनले विदेशी र स्वदेशी लगानीका क्षेत्र बढाउँदै स्वदेशी उत्पादनमार्फत राजस्वमा वृद्धि गर्नुपर्ने बताइन् । 

पूर्वराष्ट्रपति भण्डारीले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषिलाई व्यावसायिक बनाउनुका स्थानीयस्तरमा उद्योग स्थापना गरी स्वदेशी माग पूरा गर्नुपर्नेमा जोड दिइन् । उनले स्वदेशी उत्पादनको निर्यात बढाएर रोजगारी सिर्जना गरी दिगो विकास गर्दै नागरिकको आर्थिकस्तर उकास्न सकिने धारणा राखिन् । विकास प्रक्रियालाई तीव्रता दिँदा जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने र त्यसलाई अनुकूल बनाउने किसिमका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।

हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गर्ने नेपालसहित हिमाली र टापु राष्ट्रहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले कार्बन उत्सर्जनमा प्रमुख योगदानकर्ताका रूपमा विकसित र औद्योगिक राष्ट्रहरूले जलवायु सङ्कटको जिम्मेवारी लिनुपर्ने धारणा राखिन् । 

जलवायु परिवर्तनले वातावरणीय चुनौती निम्त्याउन न्यूनतम भूमिकामा रहेका राष्ट्रहरूलाई विकसित राष्ट्रहरूले उचित र पर्याप्त क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिँदै पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण जोखिममा परेका देशलाई अनुकूलन र हानीनोक्सानी क्षतिपूर्ति उपलब्ध गराउन स्पष्ट रूपमा वित्तीय स्रोत र प्रविधि दिनुपर्ने आवश्यकता औँल्याइन् । 

विश्वव्यापी रूपमा सफल, अनुकरणीय र उपयुक्त विकास अभ्यासबाट सकारात्मक पाठ सिक्नुपर्ने बताउँदै उनले केही दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको अनुभव हाम्रा लागि प्रेरणादायी हुने उल्लेख गरिन् । उत्तरी छिमेकी राष्ट्र चीनले छोटो अवधिमा ठुलो जनसङ्ख्यालाई गरिबीबाट बाहिर निकालेको र आफ्नो अर्थतन्त्रमा आमूलपरिवर्तन गरेकाले चीनबाट नेपालजस्ता मुलुकले चीनको अनुसरण गर्नुपर्ने उनले बताइन् । लगानीमैत्री र व्यावसायिक वातावरण, वैदेशिक लगानी आकर्षित गर्न द्रुत नीति र संस्थागत सुधार, औद्योगिक तथा भौतिक पूर्वाधारको विकास र सुशासन र संस्थागत क्षमता वृद्धिलगायत क्षेत्रमा सुधार गरेमा दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकिने पूर्वराष्ट्रपति भण्डारीले धारणा राखिन् । 

नेपालका लागि चिनियाँ राजदूत छन् सङले सम्मेलनले यहाँको पर्यटन प्रवर्द्धनसँगै जनता–जनताबिच सम्बन्ध स्थापना गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले त्रिभुवन विश्वविद्यालय र सिचुआन विश्वविद्यालयबीचमा शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानका क्षेत्रमा विभिन्न सहकार्य हुँदै आएको बताउँदै सोहीअन्तर्गत पोखरामा यस किसिमको बौद्धिक बहस गर्न लागिएको जानकारी दिइन् । 

कार्यक्रम संयोजकसमेत रहेका त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलकको सहकार्यलाई थप प्रगाढ बनाउन, अन्तर आबद्धतालाई अवसरमा रुपान्तरण गर्न, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्न फेवा संवाद आयोजना गरिएको जानकारी दिए । 

सिचुवान विश्वविद्यालयका प्राध्यापक यायो लेलेले अनुभव आदानप्रदानसँगै सांस्कृतिक आदानप्रदान, ज्ञान र सीप हस्तान्तरण, मित्रता अभिवृद्धिलगायत क्षेत्रमा सम्मेलन प्रभावकारी र फलदायी बन्ने विश्वास व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending