Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

महायज्ञबाट दुई करोड बढी सङ्कलन

खबरडबली संवाददाता

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट दुई करोडभन्दा बढी रकम सङ्कलन गरेको छ । राष्ट्र निर्माण धार्मिक महोत्सव,२०८१ अन्तर्गत मिर्मी बहुमुखी क्याम्पसमा प्राविधिक विषय सञ्चालन तथा क्याम्पसको स्तरोन्नति गर्ने उद्देश्यसहित आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट दुई करोड ३० लाख रकम सङ्कलन भएको हो । 

कलश बिक्री, दान पेटिका, सहयोग रसिद, आजीवन सदस्य लगायतका शीर्षकबाट रकम सङ्कलन भएको हो । मिर्मीमा २०६२ सालमा सामुदायिक क्याम्पसका रुपमा स्थापित उक्त क्याम्पसले महायज्ञबाट सङ्कलन भएको रकमबाट क्याम्पसको स्तरोन्नति गर्ने क्याम्पस प्रमुख रामप्रसाद पाण्डेले बताए । स्याङ्जा, गुल्मी र पर्वतका विकट र दूरदराजका विद्यार्थीको पहुँचमा रहेको यस क्याम्पसको शैक्षिक र भौतिक पक्षको स्तरोन्नति गर्नुपर्छ भन्ने लागेर महायज्ञ आयोजना गरिएको उनले बताए । “क्याम्पसको शैक्षिक र भौतिक पूर्वाधार निर्माण, सुधार तथा स्तरोन्नतिका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्नुभएको छ” उनले भने, “विगतदेखि अधुरा रहेका काम पूरा गर्नका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने दानवीरहरुप्रति क्याम्पसका तर्फबाट आभार व्यक्त गर्दछौं ।”

क्याम्पस परिसरलाई घेराबार गर्ने, भौतिक संरचनाहरुको संरक्षण गर्ने, छात्राबास, पुस्तकालय भवन निर्माण, सूचना प्रविधिजस्ता आधुनिक प्रविधिमैत्री कक्षा निर्माणमा सङ्कलित रकम खर्च गरिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष वेदनिधि भट्टराईले बताए । क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनका आधार तयार पार्ने, आध्यात्मिक संस्कारयुक्त सकारात्मक सोच र भावनाको विकास गर्ने, यस क्षेत्रमा संस्कार, संस्कृति तथा धार्मिक पर्यटनको प्रवद्र्धन गर्नका लागि महायज्ञले महत्वपूर्ण टेवा पुगेको उनको बुझाइ छ । 

बालक, युवा र ज्येष्ठ नागरिक सबैमा आध्यात्मिक चेतना र संस्कारको विकास गर्ने मुख्य उद्देश्यका साथ मङ्सिर २२ देखि २९ सम्म महायज्ञ सञ्चालन भएको थियो । वि.सं.२०६२ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई शिक्षा, ब्यवस्थापन तथा मानविकी सङ्कायका विभिन्न विषयहरुमा अध्यापन हुँदै आइरहेको छ । 

क्याम्पसमा हाल स्याङ्जा, पर्वत र गुल्मीका गरी कूल २५० जना अध्ययनरत छन् । सोही ठाउँकै नमूना माध्यमिक विद्यालयको भवनमा लामो समयसम्म सञ्चालनमा रहेको यो क्याम्पसको हाल आफ्नै तीन तलाको भवन रहेको छ । क्याम्पसले आफ्नै स्वामित्वमा रहने गरी १७ रोपनी जग्गा खरिद गरी भवन निर्माण गरेको छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: