स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट दुई करोडभन्दा बढी रकम सङ्कलन गरेको छ । राष्ट्र निर्माण धार्मिक महोत्सव,२०८१ अन्तर्गत मिर्मी बहुमुखी क्याम्पसमा प्राविधिक विषय सञ्चालन तथा क्याम्पसको स्तरोन्नति गर्ने उद्देश्यसहित आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट दुई करोड ३० लाख रकम सङ्कलन भएको हो ।
कलश बिक्री, दान पेटिका, सहयोग रसिद, आजीवन सदस्य लगायतका शीर्षकबाट रकम सङ्कलन भएको हो । मिर्मीमा २०६२ सालमा सामुदायिक क्याम्पसका रुपमा स्थापित उक्त क्याम्पसले महायज्ञबाट सङ्कलन भएको रकमबाट क्याम्पसको स्तरोन्नति गर्ने क्याम्पस प्रमुख रामप्रसाद पाण्डेले बताए । स्याङ्जा, गुल्मी र पर्वतका विकट र दूरदराजका विद्यार्थीको पहुँचमा रहेको यस क्याम्पसको शैक्षिक र भौतिक पक्षको स्तरोन्नति गर्नुपर्छ भन्ने लागेर महायज्ञ आयोजना गरिएको उनले बताए । “क्याम्पसको शैक्षिक र भौतिक पूर्वाधार निर्माण, सुधार तथा स्तरोन्नतिका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्नुभएको छ” उनले भने, “विगतदेखि अधुरा रहेका काम पूरा गर्नका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने दानवीरहरुप्रति क्याम्पसका तर्फबाट आभार व्यक्त गर्दछौं ।”
क्याम्पस परिसरलाई घेराबार गर्ने, भौतिक संरचनाहरुको संरक्षण गर्ने, छात्राबास, पुस्तकालय भवन निर्माण, सूचना प्रविधिजस्ता आधुनिक प्रविधिमैत्री कक्षा निर्माणमा सङ्कलित रकम खर्च गरिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष वेदनिधि भट्टराईले बताए । क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनका आधार तयार पार्ने, आध्यात्मिक संस्कारयुक्त सकारात्मक सोच र भावनाको विकास गर्ने, यस क्षेत्रमा संस्कार, संस्कृति तथा धार्मिक पर्यटनको प्रवद्र्धन गर्नका लागि महायज्ञले महत्वपूर्ण टेवा पुगेको उनको बुझाइ छ ।
बालक, युवा र ज्येष्ठ नागरिक सबैमा आध्यात्मिक चेतना र संस्कारको विकास गर्ने मुख्य उद्देश्यका साथ मङ्सिर २२ देखि २९ सम्म महायज्ञ सञ्चालन भएको थियो । वि.सं.२०६२ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई शिक्षा, ब्यवस्थापन तथा मानविकी सङ्कायका विभिन्न विषयहरुमा अध्यापन हुँदै आइरहेको छ ।
क्याम्पसमा हाल स्याङ्जा, पर्वत र गुल्मीका गरी कूल २५० जना अध्ययनरत छन् । सोही ठाउँकै नमूना माध्यमिक विद्यालयको भवनमा लामो समयसम्म सञ्चालनमा रहेको यो क्याम्पसको हाल आफ्नै तीन तलाको भवन रहेको छ । क्याम्पसले आफ्नै स्वामित्वमा रहने गरी १७ रोपनी जग्गा खरिद गरी भवन निर्माण गरेको छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...
पौष ३ गते, २०८२ - १८:११
धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनबाट बझाङका चार जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला, भूगोल र समावेशीतर्फबाट उम्मेदवारी दिएका...
पौष ३ गते, २०८२ - १८:०४
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...
पौष ३ गते, २०८२ - १७:५३
खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...




प्रतिकृया लेख्नुहोस्: