पर्वत । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारकाे उठबस बिचाैलिया र अनियमितता गर्ने स्वार्थ समूहसँग रहेकाे आराेप लगाएका छन् । पुनले भ्रष्टाचारी जोगाउन बिचौलियाहरुले कांग्रेस र एमाले मिलाएर वर्तमान सरकार बनाएको भन्ने आफूहरुको आरोप घटनाक्रमहरुले पुष्टि गरेको दावी गर्दै आराेप लगाएका हुन् ।
दायाँबायाँ आधा दर्जन बढी भ्रष्टाचार र अनियमिततामा मुछिएका मन्त्रीहरुले घेरिएर आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भाषण बन्द गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे। अगाडि फर्किएर ‘भ्रष्टाचारीको मुख हेर्दिनँ’ भनेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दायाँबायाँ उभिएका आफ्ना मन्त्रीका अनुहार हेर्न उनले सुझाए । ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको उठबस बिचौलिया र अनियमितता गर्ने स्वार्थ समूहसँग रहेको दाबी गरे ।
ज्ञानेन्द्र शाहले लात हानेका बेला आफूहरुले सहकार्यको हात दिएपछि जनताले तत्कालीन अवस्थामा कांग्रेस र एमालेलाई माफी दिएको भन्दै पुनले भ्रष्टाचारी चरित्र सुधार नगरे ती दुई पार्टीलाई जनताले दण्डित गर्ने टिप्पणी गरे । भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध खबरदारी गर्ने र पार्टीलाई परिष्कृत गरी नयाँ जीवन दिने काममा आफूहरु लागेकाले प्रतिनिधिसभाको यो कार्यकालभरि सरकार प्राथमिकतामा नरहेको उनको स्पष्टोक्ति थियो ।
चार महिनासम्म भारत जाने कसरत गरेर पनि असफल भएपछि प्रधानमन्त्री केपी ओली हारगुहार गरेर चीन भ्रमणमा गएको टिप्पणी पनि पुनले गरे । माओवादी केन्द्र जलजला गाउँपालिका पर्वतको तेस्रो अधिवेशन उदघाटन गर्दै पुनले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गरेर उनीहरुको आर्थिक विकासबाट नेपालले आर्थिक फाइदा उठाउन सक्ने उल्लेख गरे । पुनले ओलीलाई चीनले निम्तो नगरेको तर पनि भारतलाई देखाउने नाममा पटकपटक अनुनय विनय गरेर बोलाउन लगाएको दावीसमेत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: