काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानवअधिकारको उल्लंघन भएको बताएकी छिन् ।
लामिछानेमाथि सरकारले गरेको व्यवहार लज्जाजनक भएको भन्दै उनले क्षोभ व्यक्त गरिन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
हिरासतमा राखेका लामिछानेलाई २/२ दिनमा अदालत बदल्दै हिँडाउनु र राति सुतिरहेको वेला उठाएर हिँडाउनु पनि मानवीयता नभएको स्पष्ट पारिन । उनले भने, ‘एउटा मान्छेलाई २/२ दिनमा अदालत परिवर्तन गराइरहेको छ । हाजिर गराइरहेको छ एउटै मान्छेलाई । त्यो मान्छेको मानवअधिकार कहाँ गयोरु प्रत्येक दिन कहिले राति उठाएर निद्रामै कुदाएको छ कहिले चाहिँ सुतिरहेको मान्छेलाई उठाएर हिँडाएको छ‚ कुदाएको छ । यो अड्डामा हाजिर गराको छ‚ त्यो अड्डामा हाजिर गरा छ ।’
सरकारले लामिछानेको मानवअधिकार हनन हुने गरी काम गरिरहेको पनि स्पष्ट बताइन । अदालतमा मुद्दा नआइपुग्दासम्म अदालतले केही गर्न नमिल्ने पनि उनको तर्क थियो । न्यायालयले उचित न्याय दिने उनको कथन छ । अपवादमा कोही न्यायाधीशलाई छोडेर सबै न्यायाधीशले न्याय दिने उनले बताइन ।
उनले भनिन्‚ ‘तर सरकारले के गर्या छ ? एउटा मान्छे कतिवटा अदालतमा कुदिसक्यो‚ कति महिना कुदिरा छ । त्यो त अति भयो । हेर्दाखेरी हामीलाई पनि लाज शरम आउन थाल्यो । यो त हदै भयो ।’
अहिलेको संविधान खराब भन्नु जनतालाई गालि गर्नु भएको बताउँदै उनले आफु संविधान संसोधनको विरोधि नभएको बताइन । तर अहिले सरकारमा बसेका मान्छेहरु आफ्ना अर्कमन्यता लुकाउनको लागि संविधान संसोधनको नाटक गरिएको उनले बताइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: