काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् । ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उद्घाटन गर्दै पुनले प्रधानमन्त्री पदको मर्यादा कायम गर्न संयमित हुन ओलीलाई आग्रह गरे ।
ओलीमा असन्तुलन पैदा भएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि भ्रष्टचारीको आरोप लगाएको पुनको भनाइ थियो । ‘प्रधानमन्त्रीको ओहोदामा बसेर ओलीजी असन्तुलित अभिव्यक्ति दिँदै हिँड्नुभएको छ,’ पुनले भने, ‘ठुलो पार्टी आफ्नै, सत्ता उहाँकै, प्रहरी उहाँकै, सबै चिज आफ्नो हातमा भएको मान्छे हामीले प्रचार संयन्त्र दुरुपयोग गरेको भन्नुहुन्छ,’ पुनले भने, ‘हाम्रो अध्यक्षमाथि ठुलो भ्रष्टाचारीको आरोप लगाएर उहाँले असन्तुलित अभिव्यक्ति दिनुभएको छ, यसको हामी निन्दा गर्छौँ ।’ पुनले गिरीबन्धुसहित आफूमाथि भ्रष्टाचारको आरोप लागेका प्रकरणबारे निष्पक्ष छानबिन गराउन तयार हुन ओलीलाई भने । प्रचण्डले प्रधानमन्त्री भएका वेला आफ्ना पार्टीका नेता, परिवारका मानिस वा आफू स्वयं अनियमितता र राज्य दोहनमा संलग्न भएको भेटिए छानबिन गर्न प्रहरी नेतृत्वलाई खुला रूपमा अपिल गरेको भन्दै उनले त्यस्तो आँट गर्न ओलीलाई चुनौती दिए ।
दायाँबायाँ भ्रष्टाचार तथा राज्यदोहन संलग्न र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका मन्त्रीहरू राखेर ओलीले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ’ भन्ने गफ दिइरहेको भन्दै पुनले जनताले ओलीको कुरा पत्याउन छाडेको बताए । ‘प्रधानमन्त्री, मन्त्री हामी पनि भएका हौँ । राज्य संयन्त्र र प्रहरी चलाएको अनुभव हामीसँग पनि छ । हामी कुनै दिन फेरि पनि चलाउँछौँ,’ पुनले भने, ‘प्रतिपक्षी दलका नेतालाई आधारहीन आरोप लगाएर, राज्य सत्ताको दुरुपयोग गरेर ठिक लगाउन सक्छु भन्ने नठाने हुन्छ । किनकि जनताले बुझेको छ । सिसाको घरमा बसेर अरूलाई ढुंगा हान्ने काम नगर्नुस् ।’ पुनले सहकारी ठगी प्रकरणमा आफ्नो दल र सत्तारूढ कांग्रेसका नेता जोगाउन ओली लागेको आरोप लगाए ।
यो सरकार गठन भएपछि मुलुकमा भ्रष्टाचार, अनियमितता र राज्य दोहनका लागि मिलेमतो बढेर गएको उल्लेख गरे ।
फरक प्रसंगमा पुनले आगामी ०८४ को निर्वाचनमा कांग्रेस र एमालेले आफूहरूविरुद्ध चुनावी गठबन्धन गर्ने तयारी गरेको उल्लेख गरे । त्यसको मुकाबिला गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा धेरै ठाउँमा कांग्रेस–एमाले गठबन्धनलाई आफ्नो दलका उम्मेदवारले हराएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:२४
काठमाडाैं । नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिको काममा लगाएको आरोपमा प्रहरीले काठमाडौंका स्पा र गेस्टहाउसमा छापा हानेर पाँचजनालाई पक्राउ गरेको छ ।...
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...




प्रतिकृया लेख्नुहोस्: