रोम । लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री बनेका नयाँ सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गरे ।
विद्रोही समूहहरुले मार्चसम्म देश सञ्चालनका लागि सङ्क्रमणकालीन सरकार प्रमुखको रुपमा नियुक्त गरेका मोहम्मद अल-बशीरले इटालीको कोरिएरे डेला सेरा दैनिकसँगको कुराकानीमा भने, “उहाँको पहिलो लक्ष्य ‘विदेशमा रहेका लाखौं सिरियाली शरणार्थीहरूलाई फिर्ता ल्याउनु’ हो ।
विदेशमा रहेका नागरिकको मानव पुँजी र अनुभवले देशलाई आर्थिकरुपमा फस्टाउन सहयोग गर्ने भन्दै आफ्नो पहिलो काम विदेशमा रहेका सिरियाली नागरिकलाई स्वदेश फिर्ता गर्नु रहेको उनले बताए । उनले भने, “मेरो विदेशस्थित सबै सिरियालीहरुलाई एउटा अपिल छः सिरिया अब एक स्वतन्त्र देश हो जसले आफ्नो गर्व र प्रतिष्ठा कमाएको छ । फर्किनुहोस्, हामीले पुनर्निर्माण गर्नुपर्छ, पुनर्जन्म लिनुपर्छ र हामीलाई सबैको सहयोग चाहिन्छ ।”
इस्लामिक नेतृत्वको विपक्षी गठबन्धनले सिरियाको राजधानी दमास्कसमा पाँच दशक लामो क्रूर शासनको अन्त्य गरेपछि असद सिरियाबाट भागेका थिए । सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै आधा जनसङ्ख्या कुनै न कुनै रुपमा विस्थापित बनेका थियो ।” असदको पलायनसँगै देशले अहिले ठूलो अनिश्चितताको सामना गरिरहेको छ ।
साम्प्रदायिक हिंसाको बारेमा चिन्ता प्रकट भएको छ, यद्यपि विद्रोही आक्रमणको नेतृत्व गर्ने इस्लामीक समूह हयात तहरीर अल-शाम (एचटीएस) ले धार्मिक अल्पसङ्ख्यकहरुलाई नयाँ सिरियामा सुरक्षित हुने विश्वास दिलाउने प्रयास गरेको छ । इसाई, कुर्द र अलावीलगायत देशका विविध समुदायहरु अब बशीरले कस्तो सरकारको नेतृत्व गर्छन् भनेर पर्खिरहेका छन् ।
सिरियाको इसाई समुदायले सन् २०११ मा गृहयुद्ध सुरु भएदेखि नै असद सरकारलाई समर्थन गर्दै आएका थिए । निवर्तमान् राष्ट्रपति असद स्वयम् अल्पसङ्ख्यक अलावी सम्प्रदायका थिए र उनले आफूलाई अल्पसङ्ख्यकहरुको संरक्षकको रुपमा स्थापित गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८१ - २१:१४
बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिज...
माघ ९ गते, २०८१ - २०:४६
काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज सिमरा, ने...
माघ ९ गते, २०८१ - २०:३७
काठमाडौं । पूजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् । ...
माघ ९ गते, २०८१ - २०:३४
डडेल्धुरा । डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन् । बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेर...
माघ ९ गते, २०८१ - २०:३२
काठमाडौं । देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान ख...
माघ ९ गते, २०८१ - २०:२९
कैलाली । कैलालीबाट सात ग्राम लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ मालाखेती चोकमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाक...
माघ ९ गते, २०८१ - २०:१८
काठमाडाैं । नाटकीय शैलीमा १५ जना भन्दा धेरैबाट करिब एक करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं महानग...
माघ ९ गते, २०८१ - २०:१४
काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले समानुपातिक समावेशीताको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित आयोगको...
माघ ९ गते, २०८१ - २०:१०
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ । सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत...
माघ ९ गते, २०८१ - २०:०३
काठमाडाैं । भारतमा हालै सम्पन्न प्रथम खो खो विश्व कपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेक...
प्रतिकृया लेख्नुहोस्: