कास्की । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकार आशा र भरोसा लाग्दो शिक्षा बनाउने गृहकार्यमा सक्रिय रहेको बताएकी छिन् ।
पोखरा महानगरपालिका वडा न १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको हीरक जयन्ती समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् । शिक्षा क्षेत्रमा देखिएका केही विकृतिका कारण व्याप्त निराशा अन्त्य गर्दै थप प्रभावकारी शिक्षाका लागि निरन्तर प्रयत्नशील रहेको उनको भनाइ छ ।
मन्त्री भट्टराईले नयाँ शिक्षा ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमार्फत सबै खाले बेतिथिको अन्त्य हुने दाबी गरिन । शिक्षा क्षेत्रमा गर्नुपर्ने धेरै कामका बिचमा नेपालको शिक्षाप्रति विश्वास जगाउनेतर्फ लार्नुपर्ने भन्दै उनले गुणस्तरीय शिक्षाको सुरुवात गुणस्तरीय शिक्षकबाट भएकाले शिक्षकको क्षमता वृद्धिका काममा विशेष ध्यान दिनु जरुरी भएको बताइन ।
‘‘विद्यालय शिक्षा समग्र शिक्षाको जग र राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार हो । समृद्ध, जीवन उपयोगी शिक्षाका निम्ति सबै क्षेत्र, वर्ग र समुदायको सहयोग जरुरी छ ।’’ उनले भनिन् ।
व्यावसायिक शिक्षामार्फत नै गुणस्तरीय जीवनयापनको महत्त्वपूर्ण आधार खडा हुने सर्वस्वीकार्य विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने भन्दै उनले अहिलेसम्म देखिएका कमजोरीको पहिचान र निराकरणका लागि मन्त्रालय योजनाबद्ध ढङ्गले अगाडि बढेको प्रष्ट परिन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: