सुलीकोट । गोरखामा एक युबतीको खाल्डोमा गाडिएको अबस्थामा शब फेला परेको छ । जिल्लाको बारपाक सुलीकोट गाउँपालिका –१ घर भएकी १८ बर्षिया युबतीको बारपाक नजिकको मैखर्क जंगलमा शब फेला परेको हो ।
गत मंसिर १५ गते घाँस काट्न भनी हिडिकी युबतीको बारपाक सुलीकोट गाउँपालिका –१ बारपाक घर भएकी सुचिना घलेको शब खाल्डोमा गाडिएको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिए ।
उनका अनुसार घाँस काट्न जंगलमा गएकी सुचिना घर नफर्किएपछि परिवारले खोजी गर्नका लागि प्रहरी चौकी बारपाक र ईलाक प्रहरी कार्यालय जौबारीमा निबेदन दिएको उनले बताए।
प्रहरीलाई निबेदन प्राप्त हुनासाथ जौबारी प्रहरी र बारपाक प्रहरीको साथै स्थानीयको सहयोगमा खोजतलास गर्दा मंगलबार बेलुका ६ बजे बारपाकनजिक रहेको जंगलमा खाल्डोमा पुरिएको अबस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले हत्या भएको आंशकमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखारासँग समन्वय गरी कुकुरसहितको बिशेषज्ञ टोली अहिले अनुसन्धानका लागि घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख बासुदेब पाठकले जानकारी दिए ।
घटनास्थल नजिक डोको, रगत र कपाल समेत भेटिएकाले घटनाबारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी प्रमुख पाठकले बताउनुभयो । धार्चे गाउँपालिका –६ काशीगाउँ माइती भएकी घलेको शब माइती पक्ष आएपछि मात्र निकालिने भएको छ । प्रमुख पाठकले भने, “प्रारम्भिक अनुसन्धान तथा घटनाको प्रकृति हेर्दा हत्या हुुन सक्ने अनुमान भएकाले स्थानीय जनप्रतिनिधि र युबतीको माइती पक्ष प्रहरीको रोहबारमा मात्र शब निकाल्ले तयारी भएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: