धनगढी । एचआइभी एड्स सङ्क्रमण दर धेरै घटे पनि सुदूरपश्चिम प्रदेशमा अझै अनुमानित चार हजार २६५ जना एड्स सङक्रमित रहेका छन् ।
गत आर्थिक वर्ष २०८०/८१ सम्म सो सङ्ख्यामा एड्स सङ्क्रमित रहेको अनुमान गरेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको हो । अनुमानित सङ्क्रमितमध्ये चार हजार नौ जना पत्ता लागेको आज पत्रकार सम्मेलन गरी जनाइएको छ ।
पत्ता लागेका सङ्क्रमितमध्ये तीन हजार ७२३ जना उपचाररत छन् । उपचार गराइ रहेकामध्ये एक हजार ९२० जनामा रोग सार्ने भाइरल लोड कम भएको निर्देशनालयका एचआइभी स्रोत व्यक्ति मनोज ओझाले बताए ।
उनका अनुसार गत आर्थिक वर्षमा पुरुष १२९, महिला ८५ र यौन अल्पसङ्ख्यक चार गरी २१८ नयाँ सङ्क्रमित पत्ता लागेका छन् । नयाँ पत्ता लागेकामध्ये २१४ जना उपचारमा दर्ता भएको जनाइएको छ । नयाँ पत्ता लागेको सङ्ख्या अघिल्लो आर्थिक वर्षकोभन्दा कम रहेको निर्देशनालयले जानकारी दिएको छ । गत आर्थिक वर्षमा सुदूरपश्चिमका ६४ सङ्क्रमितले एड्सका कारण ज्यान गुमाएका छन् ।
निर्देशनालयका अनुसार बाजुराका ६२, बझाङका ९१, दार्चुलाका ४५, बैतडीका १२८, डडेल्धुराका ११५, डोटीका ४९३ संक्रमितले हाल उपचार गराइरहेका छन् । यसैगरी, अछामका ५८४, कैलालीका एक हजार ७४५ र कञ्चनपुरका ४६० जना संक्रमित एआरटी उपचार गराइरहेका छन् । यो प्रदेशमा १७ स्थानबाट एआरटी उपचार सेवा उपलब्ध रहेको छ ।
यस प्रदेशमा पछिल्लो दुई तीन वर्षयता नयाँ एचआइभी सङ्क्रमित थपिने सङ्ख्यास्थिर रहेको निर्देशनालयले जानकारी दिएको छ । फेला परेका सङ्क्रमितलाई नियमित उपचारमा ल्याएका र एआरटी सेवाका कारण सङ्क्रण दर घटेको ओझाले बताए । अहिले एआरटी औषधी धेरै राम्रो आएको उल्लेख गर्दै नियमित एआरटी खाएमा सङ्क्रमितबाट एचआइभी सर्ने दर (भाइरल लोड) ९० प्रतिशत कम हुने गरेको बताइएको छ ।
दीगो विकास लक्ष्यअनुसार नेपालमा सन् २०३० सम्म एचआइभी सङ्क्रमणको महामारी दर शून्यमा झार्ने लक्ष्य लिइएको छ । यो लक्ष्य महत्वकांक्षीजस्तो लागे पनि असम्भव नरहेको स्वास्थ्य निर्देशक खगेन्द्र बमले बताए । सबैको सहयोगमा लक्ष्यलाई पूरा गर्न सकिने उनको भनाइ थियो । स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले एड्स पनि मधुमेहजस्तै सामान्य रोग रहेको बताए । नियमित उपचार गराउने सङ्क्रमितहरु सामान्य जीवन बाँच्ने गरेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: