Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सुदूरपश्चिममा चार हजार बढी एड्स सङ्क्रमित

खबरडबली संवाददाता

धनगढी । एचआइभी एड्स सङ्क्रमण दर धेरै घटे पनि सुदूरपश्चिम प्रदेशमा अझै अनुमानित चार हजार २६५ जना एड्स सङक्रमित रहेका छन् ।  

गत आर्थिक वर्ष २०८०/८१ सम्म सो सङ्ख्यामा एड्स सङ्क्रमित रहेको अनुमान गरेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको हो । अनुमानित सङ्क्रमितमध्ये चार हजार नौ जना पत्ता लागेको आज पत्रकार सम्मेलन गरी जनाइएको छ । 

पत्ता लागेका सङ्क्रमितमध्ये तीन हजार ७२३ जना उपचाररत छन् । उपचार गराइ रहेकामध्ये एक हजार ९२० जनामा रोग सार्ने भाइरल लोड कम भएको निर्देशनालयका एचआइभी स्रोत व्यक्ति मनोज ओझाले बताए । 

उनका अनुसार गत आर्थिक वर्षमा पुरुष १२९, महिला ८५ र यौन अल्पसङ्ख्यक चार गरी २१८ नयाँ सङ्क्रमित पत्ता लागेका छन् । नयाँ पत्ता लागेकामध्ये २१४ जना उपचारमा दर्ता भएको जनाइएको छ । नयाँ पत्ता लागेको सङ्ख्या अघिल्लो आर्थिक वर्षकोभन्दा कम रहेको निर्देशनालयले जानकारी दिएको छ । गत आर्थिक वर्षमा सुदूरपश्चिमका ६४ सङ्क्रमितले एड्सका कारण ज्यान गुमाएका छन् । 

निर्देशनालयका अनुसार बाजुराका ६२, बझाङका ९१, दार्चुलाका ४५, बैतडीका १२८, डडेल्धुराका ११५, डोटीका ४९३ संक्रमितले हाल उपचार गराइरहेका छन् । यसैगरी, अछामका ५८४, कैलालीका एक हजार ७४५ र कञ्चनपुरका ४६० जना संक्रमित एआरटी उपचार गराइरहेका छन् । यो प्रदेशमा १७ स्थानबाट एआरटी उपचार सेवा उपलब्ध रहेको छ । 

यस प्रदेशमा पछिल्लो दुई तीन वर्षयता नयाँ एचआइभी सङ्क्रमित थपिने सङ्ख्यास्थिर रहेको निर्देशनालयले जानकारी दिएको छ । फेला परेका सङ्क्रमितलाई नियमित उपचारमा ल्याएका र एआरटी सेवाका कारण सङ्क्रण दर घटेको ओझाले बताए । अहिले एआरटी औषधी धेरै राम्रो आएको उल्लेख गर्दै नियमित एआरटी खाएमा सङ्क्रमितबाट एचआइभी सर्ने दर (भाइरल लोड) ९० प्रतिशत कम हुने गरेको बताइएको छ । 

दीगो विकास लक्ष्यअनुसार नेपालमा सन् २०३० सम्म एचआइभी सङ्क्रमणको महामारी दर शून्यमा झार्ने लक्ष्य लिइएको छ । यो लक्ष्य महत्वकांक्षीजस्तो लागे पनि असम्भव नरहेको स्वास्थ्य निर्देशक खगेन्द्र बमले बताए । सबैको सहयोगमा लक्ष्यलाई पूरा गर्न सकिने उनको भनाइ थियो । स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले एड्स पनि मधुमेहजस्तै सामान्य रोग रहेको बताए । नियमित उपचार गराउने सङ्क्रमितहरु सामान्य जीवन बाँच्ने गरेको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: