Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

चीनले दिएका उद्योग कारखाना बेचेर खानेहरु अहिले बीआरआई अनुदानमा हुनुपर्याे भनिरहेका छन्: पूर्वप्रधानमन्त्री खनाल

खबरडबली संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चीनले दिएका उद्योग कारखाना बेचेर खानेहरु अहिले बीआरआई अनुदानमा हुनुपर्याे भनिरहेकाे बताएका छन् । 

खनालले आग्रह र पूर्वाग्रह छाडेर छिमेकी मुलुकहरुसँग दूरदर्शी भएर सम्बन्धको विकास गर्नुपर्ने भन्दै चीनकाे बीआरआई स्विकार गर्नु पर्ने बताएका हुन् । चीनको इन्टिच्युसन फर फरियन अफेयर्सले आयोजना गरेको विश्व सम्मेलनमा सहभागी हुन् त्यतातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले छिमेकी मुलुक चीन र भारतसँग यथार्थसंगत ढंगले सम्बन्ध विकास गर्नुपर्ने बताएका थिए । 

पूर्व प्रधानमन्त्री खनालले चिनियाँ विकास परियोना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋण अथवा अनुदान जे लिएपनि नेपालको राष्ट्रिय हितलाई ध्यानमा राख्नुपर्ने ठाेकुवा गरे । ‘चीनबाट हामीले ऋण लिउँ, चाहे अनुदान । नेपालको राष्ट्रिय हित हुन्छ कि हुँदैन ? सबैभन्दा सर्वोपरी कुरा त्यो हो । पहिला राष्ट्रिय हितलाई ध्यानमा राख्नुपर्छ । राष्ट्रिय हित हुन्छ भने त्यो जोबाट पनि लिँदा हुन्छ,’ उनले भने । 

नेपालले विश्व बैंक, आईएमएफ, एडीबीबाट ऋण लिन सक्छ भने चीनबाट ऋण लिन हुँदैन भन्ने कुरा नहुने पूर्व प्रधानमन्त्री खनालको भनाइ छ । उनले चीनले दिने ऋण अझ बढी सस्तोमा हुनसक्ने बताए । नेता खनालले पहिला चीनले अनुदानमा दिएका उद्योगहरु बेचेर खाएकाहरुले नै अहिले बीआरआई अनुदानमा हुनुपर्छ भनिरहेको बताए । नेपाली कांग्रेसलक्षित गर्दै उनले अनुदानमा लिएको बेचेर खाने अनि फेरि माग्न लाज लाग्दैन ? भन्दै प्रश्न गरे । 

‘हाम्रो देशले खाली भीख मागेर मात्रै काम गर्नुपर्छ भन्ने होईन । अहिले केही साथीहरु चीनबाट चाहीँ अनुदानमात्रै लिनुपर्छ भन्ने तर्क गरेको सुनिन्छ ।’ उनले भने, ‘तर, तिनै साथीहरुले हिजो चाइनाले अनुदानमा दिएर नेपालमा निर्माण भएका उद्योग धन्दाहरु कौडीको मोलमा बेच्ने साथीहरु तिनै हुन्, जो आजभोलि अनुदानमात्रै लिनुपर्छ भनिरहेका छन् । अनुदानमा लिएको कुरा चाहीँ बेचेर खाने, अनि अनुदान माग्न लाज लाग्दैन ?’

आजै खनाल चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending