काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चीनले दिएका उद्योग कारखाना बेचेर खानेहरु अहिले बीआरआई अनुदानमा हुनुपर्याे भनिरहेकाे बताएका छन् ।
खनालले आग्रह र पूर्वाग्रह छाडेर छिमेकी मुलुकहरुसँग दूरदर्शी भएर सम्बन्धको विकास गर्नुपर्ने भन्दै चीनकाे बीआरआई स्विकार गर्नु पर्ने बताएका हुन् । चीनको इन्टिच्युसन फर फरियन अफेयर्सले आयोजना गरेको विश्व सम्मेलनमा सहभागी हुन् त्यतातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले छिमेकी मुलुक चीन र भारतसँग यथार्थसंगत ढंगले सम्बन्ध विकास गर्नुपर्ने बताएका थिए ।
पूर्व प्रधानमन्त्री खनालले चिनियाँ विकास परियोना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋण अथवा अनुदान जे लिएपनि नेपालको राष्ट्रिय हितलाई ध्यानमा राख्नुपर्ने ठाेकुवा गरे । ‘चीनबाट हामीले ऋण लिउँ, चाहे अनुदान । नेपालको राष्ट्रिय हित हुन्छ कि हुँदैन ? सबैभन्दा सर्वोपरी कुरा त्यो हो । पहिला राष्ट्रिय हितलाई ध्यानमा राख्नुपर्छ । राष्ट्रिय हित हुन्छ भने त्यो जोबाट पनि लिँदा हुन्छ,’ उनले भने ।
नेपालले विश्व बैंक, आईएमएफ, एडीबीबाट ऋण लिन सक्छ भने चीनबाट ऋण लिन हुँदैन भन्ने कुरा नहुने पूर्व प्रधानमन्त्री खनालको भनाइ छ । उनले चीनले दिने ऋण अझ बढी सस्तोमा हुनसक्ने बताए । नेता खनालले पहिला चीनले अनुदानमा दिएका उद्योगहरु बेचेर खाएकाहरुले नै अहिले बीआरआई अनुदानमा हुनुपर्छ भनिरहेको बताए । नेपाली कांग्रेसलक्षित गर्दै उनले अनुदानमा लिएको बेचेर खाने अनि फेरि माग्न लाज लाग्दैन ? भन्दै प्रश्न गरे ।
‘हाम्रो देशले खाली भीख मागेर मात्रै काम गर्नुपर्छ भन्ने होईन । अहिले केही साथीहरु चीनबाट चाहीँ अनुदानमात्रै लिनुपर्छ भन्ने तर्क गरेको सुनिन्छ ।’ उनले भने, ‘तर, तिनै साथीहरुले हिजो चाइनाले अनुदानमा दिएर नेपालमा निर्माण भएका उद्योग धन्दाहरु कौडीको मोलमा बेच्ने साथीहरु तिनै हुन्, जो आजभोलि अनुदानमात्रै लिनुपर्छ भनिरहेका छन् । अनुदानमा लिएको कुरा चाहीँ बेचेर खाने, अनि अनुदान माग्न लाज लाग्दैन ?’
आजै खनाल चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: