काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह मरले गुणस्तरीय र नि:शुल्क शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले गुणस्तरीय र नि:शुल्क शिक्षा नै आजको आवश्यकता भएको औंल्याए ।
'नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने भएकाले जनताका लागि शिक्षा र स्वास्थ्यको सेवा प्रवाह राज्यले नै दिनुपर्छ भन्नेमा दृढ छ । राज्यले यसको दायित्व लिनुपर्छ । गुणस्तरीय र नि:शुल्क शिक्षा नै हाम्रो पहिलो प्राथमिकता हो,' उनले भने । कांग्रेस पार्टी नि:शुल्क र गुणस्तरीय शिक्षाको नीति निर्माणमा समेत जुटेको उनले जानकारी दिएका छन् ।
'कांग्रेस उदारवादमा विश्वास गर्ने पार्टी हो । व्यक्तिको आफ्नो पनि क्षमता छ । उसले आफ्नो वृत्ति विकासमा छुट पाउनुपर्छ भन्ने कुरामा कांग्रेस प्रतिबद्ध छ । नेपालको संविधानले प्रतिबद्धता व्यक्त गर्दा गर्दै पनि हामीले नि:शुल्क र गुणस्तरीय शिक्षाको व्यवस्थापन सरकारका तर्फबाट मात्रै हुने देखेका छैनौं,' उनले भने, 'सरकारसँग बजेट अभाव छ । हाम्रो अर्थतन्त्र त्यति बलियो छैन । यसको कार्यान्वयनमा निजी क्षेत्रका ब्याप्सन जस्ता संघ-संस्थाले खेलेको भूमिका प्रशंसा योग्य नै छ । र, आगामी दिनमा त्यस्तो भूमिका थप आवश्यक छ ।' उनले निजी क्षेत्रका शैक्षिक संस्थाको लगानीको सुरक्षा प्रत्याभूत गर्ने जिम्मेवारी सरकारको भएको र त्यसबाट सरकार विमुख हुन नहुनेसमेत बताएका छन् ।
व्यक्तिको लगानीको संरक्षण गरिनुपर्छ भन्नेमा कांग्रेस सधैँ प्रतिबद्ध र जिम्मेवार रहेको महरको भनाइ छ । सरकारले लगानीको सुरक्षा गर्दा त्यस्ता शैक्षिक संस्थाका सञ्चालकले लगानी व्यक्तिको अनुकूलतामा मात्र प्रयोग नगरेर सोही संस्थाको विकासमा सदुपयोग गरेर थप गुणस्तरीय र सेवामुखी बनाउनेमा जिम्मेवार सबैको ध्यान केन्द्रित हुनुपर्ने उनले औंल्याएका छन् ।
ठूलो संख्यामा मानिस विदेश गइरहेको अवस्थामा कुनै दिन नेपालमा विद्यार्थी पाउने कि नपाउने भन्ने संकट निम्तन सक्नेतर्फ उनले चिन्ता व्यक्त गरेका छन् । 'यस्तो अवस्थामा शुल्क लिएर हामीले विद्यार्थी पढाउँछौं र नेपालको समग्र शिक्षाका बारेमा बोल्न सकेनौं भने यसको ठूलो असर पार्नेछ । पैसा तिर्न सक्ने विद्यार्थी सबै पलाएन हुँदा निजी शैक्षिक संस्था बन्द गर्नुको विकल्प हुँदैन,' उनले भने, 'नि:शुल्कका विभिन्न मोडल हुन सक्छन् । भौचर सिस्टमबाट पनि विद्यार्थीको खर्च राज्यले तिर्ने गरी हुनसक्छ । यस्तै अन्य कुनै विधि हुन सक्छन् । हुनेले तिर्ने, नहुनेले निःशुल्क पढ्ने पद्धति पनि अवलम्बन गर्न सकिन्छ ।'
गुणस्तरीय शिक्षा प्रदान गर्दा दक्ष जनशक्ति उत्पादन हुने भएकाले उसले देशलाई ठूलो योगदान पुर्याउन सक्नेमा आफू विश्वस्त रहेको उनले बताए । यसैले 'थ्री पी' मोडेलमा अगाडि बढ्नुपर्नेमा उनको जोड् छ । पब्लिक प्राइभेट पार्टनरसिपमा शिक्षा क्षेत्रलाई अगाडि बढाउनुपर्ने महरले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: