मुगु । दुर्गम हिमाली जिल्ला मुगुको एक गाउँमा पहिलो पटक गाडी पुगेको छ । मुगुको सोरु गाउँपालिका वडा नम्वरं ४ लिब्रु गाँउमा पहिलो पटक सडकसँगै मोटर गाडी पुगेको हो । सोरु गाउँपालिका मुगु मार्फत निमार्ण भएको सडक पहिलो पटक लिब्रु गाँउमा गाडी गुडेको देखेपछि स्थानीय खुसी छन् ।
सोरुकोट सडक अन्तर्गत प्रदेश सरकारले सोरु गाउँपालिका मार्फत सोरुकोट मसिनमेला लिब्रु गाँउसम्मको सडक बिगत दुई वर्ष अगाडी देखिनै बिभिन्न दातृ निकाय बाट करिब २ करोड रुपैयाँ वढी बजेटबाट १३ किलोमिटर सडक निमार्ण कार्य पुरा भई लिब्रु गाँउ सम्म गाडी पुगेको सोरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधकिृत तीर्थराज शाहीले बताए ।
राष्ट्रिय सडक सन्जाल बाहेक अन्य गाँउ बस्ती बस्ती सम्म सडक सञ्जाल जोड्नको लागी सोरु गाउँपालिकाले सबै बस्तिहरुमा सडकको पहुँच पुर्याउन निर्माण कार्य लाई तिव्रता दिइएको छ । सोरु गाउँपालिकाको ९ वटै वडाका ५६ बस्ति मध्ये ५० वटा बस्तिमा सडक पहुँचमा पुगेको प्रमुख शाहीले भने बाँकि रहेका स्थानहरुमा चाँडै सडक सञ्जाल सँग जोड्ने उनले जानकारी गराए ।
सदरमुकाम गमगढी बजार र रोजगारीको लागि तेश्रो मुलुक भारतमा गएपछि मात्र गाडी, सडक देख्न र चढ्न पाएका थियौं, अहिले आगनमैै गाडी पुगेपछि गज्जव भएको सोरु गाउँपालिका ४ लिबु्र गाउँका स्थानीय बास्मति नेपालीले बताईन । गाउँबाट सदरमुकाम गमगढी पुग्न पैदल यात्रा बाट दुई दिन सम्म लाग्थ्यो ।
गाडी गुड्न थालेपछि यो बाटो छोटिएको उनको भनाइ छ । सडक र सवारीसँगै गाउँको मुहार फेरिनेमा आशाबादी हुँदै भन्छन् अव यात्रा मात्र होइन हाम्रा उत्पादन पनि बिक्री हुने दिन आए । यता सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीका अनुसार यो सडक निर्माण सम्पन्न भए पश्चात कर्णालीको अर्को प्रमुख सडक रुपमा हेरिएको कर्णाली करिडोर सँग जोडिदा बिशेष गरेर हुम्ला र मुगुका स्थानीय लाई राहत भएको छ ।
लिब्रु सडकले हुम्लाका अदानचुली गाउँपालिका, सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिकाका नागरिकहरु लाई सहज भएको बताएका छन् । यि स्थानीय तहका नागरिकहरु प्राय सरकारी तथा अन्य कामहरु गर्न , स्वास्थ्य उपचार लगायतका सेवा लिन मुगुका केही बस्ति र सोरुकोटमै पुग्न धेरै सास्ती भोग्नु परेको थियो अहिले सडक पुगे पछि सहजै रुपमा सेवा लिन पाउने बिश्वास गरेका छन् । बिहिवार एक कार्यक्रमका बिच तामझामका साथ सडक लाई औपचारिक रुपमा उद्धघाटन गरि सञ्चालनमा ल्याईएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: