Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

मुगुको लिब्रु गाउँमा पहिलो पटक पुग्यो गाडी

खबरडबली संवाददाता

मुगु । दुर्गम हिमाली जिल्ला मुगुको एक गाउँमा पहिलो पटक गाडी पुगेको छ । मुगुको सोरु गाउँपालिका वडा नम्वरं ४ लिब्रु गाँउमा पहिलो पटक सडकसँगै मोटर गाडी पुगेको हो । सोरु गाउँपालिका मुगु मार्फत निमार्ण भएको सडक पहिलो पटक लिब्रु गाँउमा गाडी गुडेको देखेपछि स्थानीय खुसी छन् । 

सोरुकोट सडक अन्तर्गत प्रदेश सरकारले सोरु गाउँपालिका मार्फत सोरुकोट मसिनमेला लिब्रु गाँउसम्मको सडक बिगत दुई वर्ष अगाडी देखिनै बिभिन्न दातृ निकाय बाट करिब २ करोड रुपैयाँ वढी बजेटबाट १३ किलोमिटर सडक निमार्ण कार्य पुरा भई लिब्रु गाँउ सम्म गाडी पुगेको सोरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधकिृत तीर्थराज शाहीले बताए । 

राष्ट्रिय सडक सन्जाल बाहेक अन्य गाँउ बस्ती बस्ती सम्म सडक सञ्जाल जोड्नको लागी सोरु गाउँपालिकाले सबै बस्तिहरुमा सडकको पहुँच पुर्याउन निर्माण कार्य लाई तिव्रता दिइएको छ । सोरु गाउँपालिकाको ९ वटै वडाका ५६ बस्ति मध्ये ५० वटा बस्तिमा सडक पहुँचमा पुगेको प्रमुख शाहीले भने बाँकि रहेका स्थानहरुमा चाँडै सडक सञ्जाल सँग जोड्ने उनले जानकारी गराए । 

सदरमुकाम गमगढी बजार र रोजगारीको लागि तेश्रो मुलुक  भारतमा गएपछि मात्र गाडी, सडक देख्न र चढ्न पाएका  थियौं, अहिले आगनमैै गाडी पुगेपछि गज्जव भएको सोरु गाउँपालिका ४ लिबु्र गाउँका स्थानीय बास्मति नेपालीले बताईन । गाउँबाट सदरमुकाम गमगढी पुग्न पैदल यात्रा बाट दुई दिन सम्म लाग्थ्यो ।

गाडी गुड्न थालेपछि यो बाटो छोटिएको उनको भनाइ छ । सडक र सवारीसँगै गाउँको मुहार फेरिनेमा आशाबादी हुँदै भन्छन् अव यात्रा मात्र होइन हाम्रा उत्पादन पनि बिक्री हुने दिन आए । यता सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीका अनुसार यो सडक निर्माण सम्पन्न भए पश्चात कर्णालीको अर्को प्रमुख सडक रुपमा हेरिएको कर्णाली करिडोर सँग जोडिदा बिशेष गरेर हुम्ला र मुगुका स्थानीय लाई राहत भएको छ । 

लिब्रु सडकले हुम्लाका अदानचुली गाउँपालिका, सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिकाका नागरिकहरु लाई सहज भएको बताएका छन् । यि स्थानीय तहका नागरिकहरु प्राय सरकारी तथा अन्य कामहरु गर्न , स्वास्थ्य उपचार लगायतका सेवा लिन मुगुका केही बस्ति र सोरुकोटमै पुग्न धेरै सास्ती भोग्नु परेको थियो अहिले सडक पुगे पछि सहजै रुपमा सेवा लिन पाउने बिश्वास गरेका छन् । बिहिवार एक कार्यक्रमका बिच तामझामका साथ सडक लाई औपचारिक रुपमा उद्धघाटन गरि सञ्चालनमा ल्याईएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: