काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा प्रदर्शन गरिने नाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान देखाइएको छ । गत एक वर्षसम्म पशुपतिनाथ मन्दिरको माथिल्लो तलामा यी सामग्री सुरक्षित राखिएको भनी आज देखाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
मार्ग शीर्ष कृष्ण औँसीका अवसरमा यही मङ्सिर १६ गते बिहान पनि अर्को वर्षका लागि सुरक्षित राखिँदै छ भनी आममानिसलाई देखाउने परम्पराअनुसार यो देखाउने कार्यक्रम रहेको उनले बताए । पशुपति क्षेत्रमा पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न हजारौँ भक्तजनको घुइँचो लागेको थियो । काठमाडौँ महानगरपालिका वडा नं ९ बत्तिसपुतलीबाट पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न पशुपतिनाथ मन्दिरको पश्चिम मूल ढोकाअघि लाममा बस्नुभएका सुरेश नेपालले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका यस्ता सामग्री हेर्ने रहरले आफू आएको बताए । यस्ता सामग्री भावी पुस्ताका लागि पनि सुरक्षित गरिनुपर्ने उनको सुझाव छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मीको सहयोग लिएर पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान प्रदर्शन गरिएको थियो । मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन देशभरबाट धेरै भक्तजन दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउने अवसर पारेर पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष देखाउने परम्परा सुरु भएको कोषले जनाएको छ ।
बत्ती बाल्न आउनेको पशुपति क्षेत्रमा घुइँचो
मार्ग शीर्ष कृष्ण त्रयोदशीको राति आज पशुपतिनाथमा बत्ती बाल्न आउने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । बत्ती बेलुकी बाल्ने भए पनि रातभर बसेर महादीप दान गर्न उपयुक्त स्थानको खोजीमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो । कति भक्तजन त बिहीबार राति पशुपति क्षेत्र आइपुगेको कोषका प्रवक्ता अधिकारीले उल्लेख गरे । उनका अनुसार सबैलाई सहज रूपमा बसेर बत्ती बाल्न सक्नेगरी सबै व्यवस्थापन गरिएको छ ।
आज रातभर बत्ती बाली शनिबार बिहान वाग्मतीमा सेलाएर भक्तजनले पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छर्छन् । यसो गरेमा दिवङ्गत पितृले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ । पशुपति क्षेत्रमा लाग्ने बालाचतुर्दशीको सबै तयारी पूरा भएको पनि कोषले जनाएको छ ।
बत्ती बाल्न शुल्क नलाग्ने पनि कोषले स्पष्ट पारेको छ । रातभर बत्ती कुरेर बस्न नसक्ने भक्तजनका लागि मात्र कोषले आफैँ रसिद काटेर रु दुई हजार एक सय लिने सदस्य सचिव डा मिलनकुमार थापाले बताए । आफैँ बत्ती कुरेर बस्ने भक्तजनका लागि भने कुनै शुल्क नलाग्ने उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: