Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

गत आवमा दुई हजारभन्दा बढीमा एचआइभी पुष्टि

खबरडबली संवाददाता

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ । ३७ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स र एसटीडी नियन्त्रण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । 

उक्त प्रतिवेदन अनुसार पाँच लाख २४ हजार ९० जनाको एचआइभी परीक्षण गर्दा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ भएको हो । पुरुषमा सबैभन्दा बढी एचआइभी पुष्टि भएको छ । पुरुषमा एक हजार ५२८ र महिलामा ८८१ जनामा र ६६ जना ट्रन्सजेन्डर एचआइभी पुष्टि भएको छ । 

एचआइभी पुष्टि हुनेमा १४ वर्ष मुनीका ७७ र १५ वर्षमाथी दुई हजार ३९८ जना रहेका छन् । केन्द्रका अनुसार सुईबाट लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, तेस्रोलिङ्गी  एचआइभीको जोखिममा रहेका छन् । 

सन् २०२० मा भएको राष्ट्रिय सर्वेक्षण अनुसार नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरुमा तीन प्रतिशतका दरले एचआईभीको सङ्क्रमण रहेको पाइएको छ । यसैगरी, सन् २०१७/२०१८ मा भएका सर्वेक्षहरु अनुसार महिला यौनकर्मीहरुमा २.२ प्रतिशत  र पुरुष समलिङ्गीहरुमा ६.२ प्रतिशतका दरले एचआइभीको सङ्क्रमण रहेको पाइएको छ । सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षण अनुसार भारतमा कामदार नेपालीहरुमा एचआइभीको सङ्क्रमण ०.२ प्रतिशत रहेको थियो । 

सरकारले ६३ जिल्लाका ९२ एआरटी केन्द्रबाट एन्टीरेट्रोभाइरस उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ । विभिन्न केन्द्रमा २५ हजार ७२८ जना उपचाररत छन् । उपचाररत  सङ्क्रमित सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा छ हजार ७३५, लुम्बिनी प्रदेशमा चार हजार ८५२, मधेश प्रदेशमा  चार हजार ३३२,  सुदूरपश्चिममा  तीन हजार ७२३, कोशी प्रदेशमा दुई हजार ४०३, गण्डकी प्रदेशमा दुई हजार ९६८, कर्णली प्रदेशमा ७१५ जना छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending