Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

मधेश प्रदेशकाे प्रहरी सुरक्षा समन्वय बैठक सम्पन्न

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने साताव्यापी सिताराम विवाहपञ्चमी महोत्सव र प्रत्येक पाँच वर्षमा लाग्ने बाराको गढीमाई मेलालाई दृष्टिगत गरी बिहीबार प्रदेश प्रहरी सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानु नमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको बैठकमा सिताराम विवाहपञ्चमी महोत्सव र बारा जिल्लाको गढीमाई मेलाको सुरक्षा र व्यवस्थापनको विषयमा छलफल भएको हो । बैठकमा स्थानीय प्रशासनले गरेको सुरक्षा व्यवस्था र योजना, मेला भर्न आउने श्रद्धालुको भीड व्यवस्थापन, ट्राफिक व्यवस्थापन, निगरानी तथा सञ्चार प्रणाली, सरोकारवालासँगको समन्वय लगायतको विषयमा विगतका अनुभवको समीक्षा तथा भावी कार्ययोजनाको विषयमा बृहत् छलफल भएको हो । बैठकको अध्यक्षता गर्नुभएका गृह, सञ्चार तथा कानु नमन्त्री लेखीले कार्ययोजनामाथि बृहत् छलफल हुनुपर्नेमा जोड दिए । 

उनले सुरक्षाका चार अङ्ग नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनालाई प्रभावकारी ढङ्गले सुरक्षा व्यवस्थापन गर्न आग्रह गरे । बैठकमा सुरक्षा अधिकारीले मेलामा सुरक्षाका तीन घेरा रहने जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी रहने जानकारी गृहमन्त्रीलाई गराएका थिए । साताव्यापी सिताराम विवाहपञ्चमी महोत्सवमा मात्रै १४ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए । 

बैठकमा गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशका सचिव उद्धवप्रसाद रिजाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालयका प्रमुख एवम् अनुसन्धान निर्देशक माधवप्रसाद तिमिल्सिना, मधेश प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोरा, प्रहरी उपरीक्षक ईश्वर थापासहितका उच्च सुरक्षा अधिकारीको सहभागिता थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: