Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

मधेश प्रदेशकाे प्रहरी सुरक्षा समन्वय बैठक सम्पन्न

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने साताव्यापी सिताराम विवाहपञ्चमी महोत्सव र प्रत्येक पाँच वर्षमा लाग्ने बाराको गढीमाई मेलालाई दृष्टिगत गरी बिहीबार प्रदेश प्रहरी सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानु नमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको बैठकमा सिताराम विवाहपञ्चमी महोत्सव र बारा जिल्लाको गढीमाई मेलाको सुरक्षा र व्यवस्थापनको विषयमा छलफल भएको हो । बैठकमा स्थानीय प्रशासनले गरेको सुरक्षा व्यवस्था र योजना, मेला भर्न आउने श्रद्धालुको भीड व्यवस्थापन, ट्राफिक व्यवस्थापन, निगरानी तथा सञ्चार प्रणाली, सरोकारवालासँगको समन्वय लगायतको विषयमा विगतका अनुभवको समीक्षा तथा भावी कार्ययोजनाको विषयमा बृहत् छलफल भएको हो । बैठकको अध्यक्षता गर्नुभएका गृह, सञ्चार तथा कानु नमन्त्री लेखीले कार्ययोजनामाथि बृहत् छलफल हुनुपर्नेमा जोड दिए । 

उनले सुरक्षाका चार अङ्ग नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनालाई प्रभावकारी ढङ्गले सुरक्षा व्यवस्थापन गर्न आग्रह गरे । बैठकमा सुरक्षा अधिकारीले मेलामा सुरक्षाका तीन घेरा रहने जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी रहने जानकारी गृहमन्त्रीलाई गराएका थिए । साताव्यापी सिताराम विवाहपञ्चमी महोत्सवमा मात्रै १४ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए । 

बैठकमा गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशका सचिव उद्धवप्रसाद रिजाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालयका प्रमुख एवम् अनुसन्धान निर्देशक माधवप्रसाद तिमिल्सिना, मधेश प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोरा, प्रहरी उपरीक्षक ईश्वर थापासहितका उच्च सुरक्षा अधिकारीको सहभागिता थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending