Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी

खबरडबली संवाददाता

बेइजिङ । भ्रष्टाचार विरोधी कारबाहीमा परेका एक वरिष्ठ सैनिक अधिकारीलाई ‘अनुशासनको गम्भीर उल्लङ्घन’ गरेको आरोपमा पदबाट हटाइएको बेइजिङले बिहीबार जनाएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले पत्रकार सम्मेलनमा भने, “सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले मियाओ हुआलाई अनुसन्धान नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।” वुले बेइजिङको शक्तिशाली सेन्ट्रल मिलिटरी कमिसन (सीएमसी) का सदस्य तथा एडमिरल मियाओविरुद्ध लगाइएको आरोपबारे थप जानकारी दिएनन् । 

मियाओ चीनको केन्द्रीय सैन्य आयोगमा राष्ट्रपति सी चिनफिङसहित अन्य पाँच सदस्यसँगै कार्यरत थिए । उनले चिनियाँ सैन्य आयोग (सीएमसी)को राजनीतिक कार्य विभागको नेतृत्व गरेका थिए । यो शीर्ष सैन्य निकायको सबैभन्दा महत्वपूर्ण कार्यालय हो । 

एशिया सोसाइटीका वरिष्ठ फेलो लाइल मोरिसले मियाओलाई सीको ‘घनिष्ठ सहयोगी’ र सेना र पार्टीबीच ‘विश्वसनीय वार्ताकार’ का रुपमा वर्णन गरे । बेइजिङले गत वर्ष सशस्त्र बलमा कथित भ्रष्टाचारविरुद्ध कडा कदम चालेको बताएको थियो र यसै महिना सीले सेनालाई भ्रष्टाचार निर्मूल पार्न र आफ्नो ‘युद्ध तयारी’ लाई मजबुत बनाउन आदेश दिएका थिए । 

ब्लुमबर्गले अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै भनेको छ, “सेनामा भ्रष्टाचार विरोधी अभियानको तीव्रता आंशिकरुपमा देखिएको छ र यसले भविष्यमा युद्ध गर्ने चीनको क्षमतामा असर पार्न सक्छ भन्ने डर उब्जिएको छ । एक विशेषज्ञले एएफपीसँग भने, “मियाओलाई हटाउँदा सीको कडा प्रयासका बावजुद पीएलएमा भ्रष्टाचार र अनुशासनका मुद्दाहरुको सहनशीलता प्रकट हुन्छ ।”

सिंगापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका सहायक प्राध्यापक डिलन लोहले भने, “मलाई लाग्छ, स्पष्ट प्रतिष्ठाको बावजुद खुला र सार्वजनिकरुपमा यी अनुसन्धानहरु अझै पनि भइरहेका छन् र यसले सीको भ्रष्टाचारलार्ई जरैदेखि उखेलेर फाल्ने सङ्कल्पलाई देखाउँछ । 

सोही ब्रिफिङमा वुले रक्षामन्त्री डोङ जुनलाई भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा राखिएको भन्ने समाचारको खण्डन गरे । वूले भने, “प्रश्नमा आएका रिपोर्टहरु विशुद्ध मनगढन्ते छन् ।” उनले भने, “अफवाह फैलाउनेहरु गलत मनसायबाट प्रेरित भएको देखिन्छ । यस्तो निन्दनीय व्यवहारप्रति चीनले आफ्नो कडा असन्तोष व्यक्त गरेको छ ।”

नौ सेनाका पूर्व कमाण्डर डोङलाई गत डिसेम्बरमा रक्षामन्त्रीमा नियुक्त गरिएको थियो भने सात महिनामै पूर्ववर्ती ली शाङफुलाई अचानक पदबाट हटाइएको थियो । लीलाई पछि घूस खोरीलगायत अपराधमा कम्युनिस्ट पार्टीबाट निष्कासित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । त्यसयता उनि सार्वजनिकरुपमा देखिएका छैनन् । 

उनका पूर्ववर्ती वेई फेङहेलाई पनि पार्टीबाट निस्काशित गरी भ्रष्टाचारको आरोपमा अभियोजकहरुलाई हस्तान्तरण गरिएको थियो । चीनको परम्परागत र आणविक क्षेप्यास्त्रको विशाल भण्डारको रेखदेख गर्ने चीनको गोप्य रकेट फोर्सको विशेष गरी गहन अनुसन्धान भइरहेको छ । 

गत जुलाईमा रकेट फोर्सका एक उच्च चिनियाँ अधिकारी सन जिनमिङलाई पार्टीबाट निकालियो र भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा ल्याइयो । चिनियाँ सेनाको अपेक्षाकृत नयाँ एकाइ रकेट फोर्ससँग सम्बन्धित कम्तीमा दुई अन्य उच्च पदस्थ अधिकारीहरुलाई पनि भ्रष्टाचारको आरोपमा हटाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending