Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

रुसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमण: जेलेन्स्की

खबरडबली संवाददाता

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका ऊर्जा केन्द्रहरूमा बिहीबार रुसले कैयौँ राउण्ड हवाई आक्रमण गरेको बताएका छन् । रुसी सेनाले लडाकु विमान र अन्य माध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विदुत आपूर्तिमा व्यापक समस्या आएको राष्ट्रपति जेलेन्स्कीले बताए । 

विशेषज्ञहरूका अनुसार किएभ र मस्को दुवैले लगभग तीन वर्षको युद्धमा व्यापक शक्तिशाली गोलाबारूद्को  प्रयोग गरेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जालमा भनेका छन्, धेरै क्षेत्रमा शक्तिशाली विस्फोटक पदार्थ खसालिएको छ भने उनीहरूको हतियारसहितको आक्रमणलाई रेकर्ड गरिएको छ । 

भिडियोमा उनीहरूले नागरिक पूर्वाधारलाईसमेत निशाना बनाएका छन् । युक्रेनले ७९ वटा क्षेप्यास्त्र र ३५ वटा ड्रोन खसालेको उक्त ब्यारेजले १० लाखभन्दा बढी युक्रेनी नागरिकलाई चिसो मौसममा बिजुलीविहीन बनाएको छ । जेलेन्स्कीले भने, “यो रुसी ‘आतङ्कवादी’ रणनीतिको अत्यन्त घृणित वृद्धि हो ।” 

सन् २०२२ को फेब्रुअरीमा रुसले युद्ध सुरु गरेयता युक्रेनमा विस्फोटक युद्धसामग्रीले एक हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको वा घाइते भएको ‘क्लस्टर म्युनिशन कोलिशन (सीएमसी)’ ले सेप्टेम्बरमा आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । 

“गोलाबारुदले कहिलेकाहीँ लक्षित स्थानमा नलाग्ने तथा नपड्किने हुँदा यसले आक्रमणस्थलमा दीर्घकालीन जोखिम पनि निम्त्याउँछ । तिनीहरूले प्रभावकारीरुपमा बारुदी सुरुङको रूपमा काम गर्छन् जुन वर्षौँपछि पनि विस्फोट हुन सक्छ,” सीएमसीले भनेको छ ।

‘क्लस्टर बम’को प्रयोग, स्थानान्तरण, उत्पादन र भण्डारणलाई निषेध गर्ने सन् २००८ को क्लस्टर युद्ध सामग्रीसम्बन्धी महासन्धिको पक्ष राष्ट्रमा सम्झौतामा हस्ताक्षर गर्ने ११२ राज्यमा रुस र युक्रेन रहेका छैनन् । सन्धिको पक्षराष्ट्र नभएको अर्थात् सन्धिको पक्षमा हस्ताक्षर नगरेको संयुक्त राज्य अमेरिकाले जुलाई २०२३ मा किएभलाई ‘क्लस्टर युद्ध सामग्री’ हस्तान्तरण गर्न सहमत भएको थियो । यो कदमको रुस र अमेरिकाका सहयोगीहरुलेसमेत आलोचना गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending