कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ को उपनिर्वाचनमा दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ । यही मङ्सिर १६ गते हुने वडाध्यक्षको निर्वाचनमा ३ स्थानमा ६ वटा मतदान केन्द्रमा ३० कर्मचारी परिचालन गरिने सहायक निर्वाचन अधिकृत अमरबहादुर ओलीले बताए ।
प्रत्येक निर्वाचन केन्द्रमा पाँच जना कर्मचारी र एक जना स्वयंसेवक खटिने उनको भनाइ छ । उनका अनुसार मतदान अधिकृत ६ जना, मतदान केन्द्र अधिकृत ६ जना, सहायक मतदान अधिकृत १२ र कार्यालय सहयोगी ६ जना खटिने छन् । सहायक मतदान अधिकृत र मतदान अधिकृतलाई निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयक तालिम समेत दिइएको छ । सहायक प्रजिअ परमानन्द घिमिरे र जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारीले तालिमको सहजीकरण गरेका थिए ।
कर्मचारीहरू आजैसम्म मतदान केन्द्र पुगी सक्ने जिल्ला निर्वाचन अधिकारी ओलीले बताए । उपनिर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए ।
नेपाल प्रहरीका एक सय ६४, सशस्त्र प्रहरी २९ जना, नेपाली सेना आवश्यकता अनुसार र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरू समेत परिचालन हुनेछ । निर्वाचनमा मोबाइल टोली समेत खटिने छ । निर्वाचनको दिन मङ्सिर १६ गते वडामा मतदान केन्द्रमा खटिने कर्मचारी, मतदाता, उम्मेदवार र अनुमति लिएका सवारी साधन बाहेक अरुलाई प्रवेश निषेध गरिएको प्रजिअ अर्यालले बताए ।
निर्वाचनमा १० दल र चार स्वतन्त्र गरी १४ जना उम्मेदवार रहेका छन् । मङ्सिर १३ गते राति १२ बजे पछि मौन अवधि सुरु हुने भएकाले प्रचार प्रसारमा तीव्र रूपमा लागेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: