रुकुमपूर्व । लुम्बिनी प्रदेशको रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले स्थानीय तह उपनिर्वाचनका लागि कर्मचारी खटाएको छ ।
१६ मंसिरमा हुने पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी खटाएको जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वका सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले जानकारी दिए ।
गाउँपालिकामा २५ मतदान केन्द्रका लागि एक सय २५ जना कर्मचारी खटाइएको छ । सुवेदीका अनुसार प्रत्येक मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटाइएको छ । भौगोलिक विकटताले ठगिएको दुर्गम क्षेत्रमा बिहीबार साँझसम्म कर्मचारी सम्बन्धित मतदान केन्द्र पुग्ने छन् । गाउँ पालिकाकाको १४ वडामा २२ मतदानस्थल रहेको छ भने २५ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।
३० वैशाख ०७९ मा भएको स्थानीय तह निर्वाचनमा निर्वाचित उपाध्यक्ष भूपेन्द्र बुढाको गाडी दुर्घटनामा परी निधन भएपछि पुथा उत्तरगंगा गाउँपालिकामा उप निर्वाचन हुन लागेको हो ।
माओवादीकी नरपुरा बुढा र कांग्रेसको चुनाव लिएकी एमालेकी केशकुमारी तुलाचन चुनावी मैदानमा छन् । २ नम्बर वडाध्यक्षमा भने माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भैसकेका छन् । उपनिर्वाचनमा मताधिकार प्रयोग गर्न गाउँपालिकाभर ११ हजार एक सय ८० मतदाता छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: