काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७९/८० मा चार अर्ब ७३ करोड रुपियाँ कर फिर्ता गरेको छ । गत आवमा सङ्कलित करमध्ये विभिन्न कूटनीतिक निकाय र करदातालाई सो बराबरको कर फिर्ता गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागका अनुसार गत आवमा कर फिर्ताका लागि कूटनीतिक निकाय तथा करदाताबाट १८ अर्ब ५८ करोड रुपियाँको दाबी परेको थियो । जसमध्ये चार अर्ब ७३ करोड रुपियाँ कर मात्रै फिर्ता भएको विभागले जनाएको छ । विभागले खास गरी कूटनीतिक नियोग र करदाताबाट मूल्य अभिवृद्धि कर फिर्ताको दाबीमाथि अनुसन्धान गरी रित पुगेकालाई मात्र कानुनमा व्यवस्था गरिएबमोजिम कर फिर्ता गर्दै आएको छ । सरकारले कूटनीतिक निकाय, निकासी, क्रेडिटलगायतका आधारमा कर छुटको सुविधा उपलब्ध गराउँदै आएको छ ।
विभागका अनुसार गत आवमा कूटनीतिक नियोग, कूटनीतिज्ञ एवं विभिन्न कूटनीतिक एजेन्सीले ७४ करोड २१ लाख कर फिर्ता दाबी गरेका थिए । जसमध्ये विभागले नियम अनुसार दाबी गरिएका ६७ करोड ३४ लाख रुपियाँ कर फिर्ता गरेको जनाएको छ । यसमध्ये पनि कूटनीतिक नियोग एवं कूटनीतिज्ञलाई १६ करोड ६२ लाख र कुटनीतिक एजेन्सी र परियोजनालाई ५० करोड ७८ लाख रुपियाँ कर फिर्ता गरेको हो ।
विभाग अन्तर्गतका कार्यालयमा करदाताबाट दाबी गरिएको १७ अर्ब ८४ करोड कर फिर्तामध्ये चार अर्ब नौ करोड रुपियाँ मात्र फिर्ता गरिएको विभागले जनाएको छ । विभागले लगातार क्रेडिटका आधारमा, निर्यातका आधारमा तथा परियोजनालाई कर फिर्ता सुविधा उपलब्ध गराउँदै आएको छ । यसमध्ये पनि लगातार क्रेडिट तथा निर्यातकर्तालाई चार अर्ब पाँच करोड रुपियाँ कर फिर्ता भएको छ ।
आव २०७९/८० को तुलनामा कर फिर्ता रकम बढेको देखिन्छ । विभागले यस आवमा चार अर्ब ५८ करोड रुपियाँ कर फिर्ता गरेको थियो । यस आधारमा गत आवमा १५ करोड रुपियाँ बढी कर फिर्ता भएको देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: