Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

पोखरा–दुबई उडानको बुकिङ २०२७ सम्म खुला

खबरडबली संवाददाता

कास्की। पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन रूपमा पोखरा–दुबई उडान सञ्चालन गर्ने लक्ष्यसहित अग्रिम बुकिङ खुलाएको हो।

फ्लाइ दुबईका नेपालस्थित जनरल म्यानेजर नवराज शाहीले सुरुमा भदौ ७ गतेदेखि एक महिनासम्म दैनिक एक उडान गर्ने घोषणा गरिएको भए पनि पोखरा उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताए।

पोखरा–दुबई उडान सफल बनाउन पोखरा उद्योग वाणिज्य संघसँग सहयोगको आग्रह गर्न आयोजित कार्यक्रममा उनले यस उडानमार्फत पोखराबाट दुबई हुँदै लन्डन, न्यूयोर्क, टोकियोलगायत २६० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा सहज रूपमा पुग्न सकिने बताए।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि संघले गरेको पहल र लामो रिले अनशनको स्मरण गर्दै यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र इमिरेट्समार्फत सुरु हुन लागेको अन्तर्राष्ट्रिय हवाई सेवा सफल हुन नसके पोखराको पर्यटन र अर्थतन्त्र दशकौं पछाडि धकेलिन सक्ने धारणा व्यक्त गरे।

चिनियाँ ऋण सहयोगमा करिब २२ अर्ब रुपियाँको लागतमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन गरिएको थियो। विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म पनि यहाँबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, आयोगको रोहबरमा हिरासतबाट पनि रिहा

काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...

उपत्यकाका अव्यवस्थित तार साउन दोस्रो साताभित्र हटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर छ लाख घुससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...

कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...

नेकपा संयोजक प्रचण्ड श्रीलङ्का प्रस्थान

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते बस्ने

काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए।  त्यसअघि बैठ...

सङ्घीयता खर्चिलो भएको भन्दै प्रदेश सभा खारेज गर्नुपर्ने बहसप्रति श्रम संस्कृति पार्टीको असहमति छ

काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...

एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...

राष्ट्रिय सभामा मल अभावदेखि प्रेस स्वतन्त्रतासम्मका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...

रास्वपाले अराजनीतिक गतिविधि गर्दैन : सांसद बास्कोटा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending