Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

फाइल अड्काएर जनतालाई दुःख नदिन कर्मचारीसँग स्वास्थ्यमन्त्री पाैडेलकाे आग्रह

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फाइल अड्काएर जनतालाई दुःख नदिन कर्मचारीसँग आग्रह गरेका छन् । मन्त्रमलयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्ताे आग्रह गरेका हुन् ।

बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरुको समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन पनि कर्मचारीहरुसँग आग्रह गरे । पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैलै समीक्षा गरौं, उनले भने, स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रुपमा हामी विकास गराऔं ।

मन्त्री पौडेलले आम नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो लक्ष्य भएको उल्लेख गर्दै हाल थपिएका निःशुल्क उपचारलगायतका सुविधामा कमसे कम भार पर्ने गरी काम गरिएको बताए । ‘पपुलिष्ट बन्न हैन, कम भार थपेर नागरिकलाई सजिलो पार्न निःशुल्क सेवा थपेका हौं’ ‘पपुलिष्ट हुन निर्णय गरेका हैनौं,’ उनले भने, ‘आम नागरिकलाई सहज सुविधा दिन गरिएका निर्णय आन्तरिक श्रोतबाटै व्यवस्थापन गरेका छौं । राज्यलाई कम भार पर्ने गरी श्रोत निश्चित भएका निर्णय मात्र गरेका छौं ।’
 
‘१० दिनभित्र पुँजीगत खर्च बढाउने योजनासहित आउन आग्रह
मन्त्री पौडेलले अबको १० दिनमा पुँजीगत खर्च तथा सुधार योजना लिएर आउन कर्मचारीसँग आग्रह गरेका थिए । ‘प्रथम चौमासिक गयो । म आएको पनि ४ महिना भयो,’ मन्त्री पौडेलले भने, ‘खर्चमा प्रगति सोचेजस्तो भएन । खर्च हुन बाँकीको टेन्डर गरेर काम थाल्न अब ढिला नगरौं ।’ साना अस्पताल थप्ने भन्दा भएकालाई राम्रोसँग चलाउनु पर्ने उनकाे भनाइ थियाे ।मन्त्री पौडेलले तीन तहले नै स्वास्थ्य क्षेत्रमा काम गरिरहेको भन्दै अब साना अस्पताल स्थानीय तहले नै निर्माण गर्ने भएकाले आफूहरुको ध्यान जिम्मा लिएर काम सक्न बाँकीमा केन्द्रीत गर्न आग्रह गरेका छन् ।

‘भएका अस्पतालमा आवश्यक सुविधा भएको सुनिश्चित गरौं,’ मन्त्री पौडेलले भने, ‘अस्पताल हुने, उपकरण नहुने तर साना अस्पताल थपिने अवस्था कम गरौं । वारि पनि पारी अस्पताल पनि हुनु भएन । भएकालाई राम्ररी कसरी चलाउने भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ ।’

देशको आर्थिक अवस्था हेरेर धेरै दरबन्दी थप्न सकिने अवस्था नरहेकोतर्फ ध्यान दिन आग्रह गर्दै मन्त्री पौडेलले भने, थप गर्न नसकिने अवस्थामा न्यूनतम दरबन्दीबाट सकेको सेवा दिने गरी काम गरौं । त्यस्तो अवस्थामा आवश्यक न्यूनतम जनशक्ति उपलब्ध हुनेछ ।

‘३ महिना बढी पालो पर्खनुपरेको गुनासो आएको छैन’ मन्त्री पौडेलले ४८ घण्टा भन्दा बढी फाइल नरोक्न कर्मचारीलाई भनेका छन् । अर्थ, कानून भनेर कुनै फाइल ४८ घन्टा बढी रोकिन भएन, उनले भने, सरकारी कामको यो रवैया हुनु भएन ।

मन्त्री पौडेलले आफूले परीक्षणका लागि ३ महिना बढी पालो कुर्न परे फोन गर्न भनेको भन्दै हालसम्म ३ वटा मात्र फोन आएको कुराले केही सुधार भैरहेको शंकेत गरेको पनि बताए ।
 
‘यो योजना पूरा गर्न काम चाहियो भनेर को आएको छ ?’ भन्दै प्रश्न समेत गरे । मन्त्री पौडेलले कसरी सेवा सुधार गर्न सकिन्छ भनेर लाग्न कर्मचारीसँग आग्रह गरे । यो योजना पूरा गर्न यो काम चाहियो भनेर को आएको छ ?, पौडेलले भने, हामीले नागरिकको जिम्मेवारी पूरा गर्न आएका छौं । कामका लागि आएका हौं भन्ने सोच्नुपर्छ ।

मन्त्री पौडेलले सरकारी जिम्मेवारी भनेको नेतृत्व क्षमता देखाउने अवसर भएको भन्दै यसलाई सदुपयोग गर्न आग्रह गरे ।

मन्त्री पौडेलले योजना योजनामा सीमित नहुन भन्दै कर्मचारीलाई अब कार्य योजना लिएर आउन आग्रह गरे । उनले विदेश भ्रमण जाने समयलाई ५ दिनमा सीमित गर्न भन्दै त्योभन्दा बढी नबस्न र काममा सक्रिय हुन पनि भने । ‘विदेश भ्रमण गए पछि के कस्तो सिकाइ रह्यो, के सुधार गर्न सकिन्छ रिपोर्ट पनि ल्याउनुहोला,’ मन्त्री पौडेलले भने । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending