Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

नयाँ अत्याधुनिक सर्भिस सेन्टरबाट ललितपुरकाे बागडोलमा सीजी मोटर्सकाे सेवा शुभारम्भ

खबरडबली संवाददाता

ललितपुर । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ । यो काठमाडौँ भ्यलीमा सीजी मोटर्सद्वारा स्थापना गरिएको दोस्रो सेवा केन्द्र हो ।

साथै, च्यानल पार्टनरहरूलाई समेट्दै काठमाडौँमा अब चारवटा सेवा केन्द्र पुगेका सीजीले जनाएको छ।

उक्त अत्याधुनिक सेवा केन्द्रको उद्घाटन सीजी समूहका अध्यक्ष तथा नेपालका संघीय संसद सदस्य डा. विनोद चौधरीले गरेका हुन् । उद्घाटन कार्यक्रममा सञ्चारकर्मीहरू, सीजी मोटर्सका प्रतिनिधि तथा ग्राहकहरूको उपस्थिति रहेको थियो।

२२ स्थानहरूमा बलियो बिक्री र डिलर नेटवर्क रहेको सीजी मोटर्सले यस सेवा केन्द्रको उद्घाटन मार्फत ग्राहक सेवा र अनुभवलाई बिक्रीसँगै उच्च प्राथमिकतामा राखेको पुष्टि गरेको छ। साथै, सीजी मोटर्सले विद्युतीय गतिशीलतामा आफ्नो विशेषज्ञता विस्तार गर्दै ग्राहक अनुभव सुधार गर्न चार्जिङ पोइन्टहरूमा लगानी गरिरहेको छ। हाल, सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस २ र जिबिटी चार्जिङ पोइन्टहरूका साथ सर्वाधिक चार्जिङ पोइन्टहरूको संख्या राखेको छ र  थप १००ं स्थान मा चार्जिङ पोइन्टहरू बिस्तार गर्ने लक्ष्य लिएको छ।   

नयाँ सीजी सेवा केन्द्रले सीजी मोटर्स अन्तर्गत वितरण गरिएका विभिन्न ब्रान्डहरू जस्तै आयोन, एक्सपेंग, स्मार्ट, नेटा, रिडडारा, डायुन आदिललाई सेवा प्रदान गर्नेछ। कम्पनीले 'सीजी केयर्स सेवा' पनि सुरू गरेको छ, जसअन्तर्गत +९७७ ९७०७०९४२०७ हटलाइन नम्बरमार्फत २४/७ सडक सहायता उपलब्ध गराइनेछ। अहिले नेपालभर २१ भन्दा बढी सेवा केन्द्रहरूसहित, सीजी मोटर्सले दक्ष र विशेष सेवा ग्राहकहरूलाई निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending