वीरगन्ज । अपहरण गरी फिरौती रकम असुलेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ इनर्वाका ३० वर्षीय सन्तोष दास तत्मा र वीरगन्ज महानगरपालिका-१६ नगवाका ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन् ।
उनीहरूलाई इनर्वाबाट अपहरणमा प्रयोग गरिएको मोटरसाइकल र फिरौती रकमसहित पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । लम्सालका अनुसार मंसिर ९ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ का ४१ वर्षीय शेख सा महमदले अपहरणपछि फिरौती रकम मागेको भन्दै जाहेरी दिएका थिए ।
उनीबाट सोही दिन दिउँसो साढे १ बजे फिरौतीबापतको ५० हजार रुपैयाँ लिँदैगर्दा दुबै जनालाई पक्राउ गरिएको लम्सालले बताए । अपहरणमा संलग्नले दुई वटा मोटरसाइकल प्रयोग गरेका थिए । मधेस प्रदेश ०३-०२५प ३९८० र भारतीय नम्बर प्लेटको बिआर०५एयु ९७४५ नम्बरको मोटरसाइकलसमेत बरामद भएको लम्सालले बताए ।
दुबै जनालाई पर्सा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: