लेबनान । लेबनानमा भएको इजरायली हमलममा दर्जनौं मानिसहरुको मृत्यु भएको जनाइएको छ । जसमा मध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएकोे हमलामा २९ जनाको मृत्यु भएको छ ।
इजरायली सेनाका अनुसार सेनाले १२ वटा हिजबुल्लाह कमान्ड सेन्टरमा आक्रमण गरेको थियो । हिजबुल्लाहको इन्टेलिजेन्स युनिट, कोस्ट–टु–सी मिसाइल युनिट र युनिट–४४००–सिरिया हुँदै इरानबाट लेबनानमा हतियार तस्करीका लागि सक्रिय छन् । सेनाले यी कमान्ड सेन्टरहरू इजरायल विरुद्ध आतङ्कवादी आक्रमणको योजना बनाउन, कार्यान्वयन गर्न र दक्षिणी लेबनानमा सक्रिय सैनिकहरू विरुद्धको आतङ्कवादी गतिविधिको निगरानी गर्न प्रयोग गरिएको जनाएको छ ।
यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको सङ्ख्या वृद्धि भई २० जना पुष्टि भएको तथा मृतकको सङ्ख्या बढ्न सक्ने रिपोर्ट गरेको छ । युद्धविराम प्रयासका बावजुद इजरायललले हिजबुल्लाह विरुद्ध आफ्नो सैन्य अभियान जारी राख्दा बेरुतमा हवाई आक्रमण भएको हो । सेनाले हमला बेरुतको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहका स्थानहरूलाई लक्षित गरी गरेको पुष्टि गरेको छ ।
यस अघीनै इजरायली सेनाले नागरिक क्षति कम गर्न ,भवनहरू खाली गर्ने आदेश जारी गरेको थियो । गत आइतबारको हवाई आक्रमणमा हिजबुल्लाहका प्रवक्ताको मृत्यु भएपछि मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा वृद्धि भएको सिएनएनले जनाएको छ ।
इजरायली हवाई आक्रमणले पूर्वी लेबनानको बालबेक–हर्मेल क्षेत्रमा पनि प्रहार गरेको छ, जहाँ चार बालबालिका सहित कम्तिमा १३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आक्रमणले लेवनान वपरका क्षेत्रमा कम्तिमा ११ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन् भने टायर सहर लक्षित आक्रमणमा पाँच जनाको मृत्यु तथा १९ जना घाइते भएका थिए ।
सेप्टेम्बरदेखि, इजरायली हवाई आक्रमणले धेरै हिजबुल्लाह कमान्डरहरूको नरसंहार गर्नुका साथै मुख्य पूर्वाधार लक्षित गर्दा दक्षिणी लेबनानमा व्यापक विनाश निम्त्याएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार लेबनानमा द्वन्द्वका कारण तीन हजार भन्दा बढी मानिसहरुको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: