चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको सोही अवधिमा ५६ हजार छ सय ७५ जनाले निकुञ्ज तथा सामुदायिक वनको अवलोकन तथा भ्रमण गरेका छन् ।
निकुञ्ज र आसपासका सामुदायिक वनमा चालु आवको चार महिनामा ५६ हजार छ सय ७५ जनाले अवलोकन गरेका बताउँदै निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले गत कात्तिकमा मात्रै २८ हजार दुई सय ११ पर्यटकले भ्रमण गरेका जानकारी दिए । उनका अनुसार साउनदेखि असोजसम्म २८ हजार चार सय ६४ जनाले निकुञ्ज तथा सामुदायिक वनको अवलोकन तथा भ्रमण गरेका छन् ।
गत वर्षको चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा २० हजार छ सय ८४ जना पर्यटक कम भएका निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिए । पछिसम्म झरिपरिरहेकाले सडक अवरोध भएर पर्यटकको संख्यामा कमी आएको उनको भनाइ छ ।
गत आवको असोजसम्म २८ हजार चार सय ६४ र कात्तिकमा ४८ हजार आठ सय ९५ पर्यटकले निकुञ्जको भ्रमण गरेका मगरले जानकारी दिए । साउनदेखि असोजसम्म निकुञ्जभित्र पर्यटकीय गतिविधि रोकिने हुँदा पर्यटकको संख्यामा कमी आउने गरेको भन्दै सो समयमा सामुदायिक वनमा भने पर्यटकको आवागमन भइरहने गरेको उनले बताए ।
गतवर्ष विभिन्न नाकाबाट गरी तीन लाख पाँच हजार एक सय ७० पर्यटकले निकुञ्ज तथा सामुदायिक वन क्षेत्रको अवलोकन गरेका निकुञ्ज कार्यालयले जनाएको छ । यहाँ घुम्न आउने पर्यटकले सौराहा, मेघौली, कसरा, अमलटारीलगायत नाकाबाट प्रवेश गर्ने गरेका छन् ।
सबै भन्दाबढी सौराहाबाट पर्यटक निकुञ्ज प्रवेश गर्दछन् । सामुदायिक वन तथा निकुञ्ज क्षेत्रमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, अन्य वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गर्न, स्वदेशीसँगै सार्कमूलुक र तेस्रो मुलकबाट पर्यटक जङ्गल सफारीका लागि यहाँ पर्यटक आउने गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: