Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

इलामकाे पशुपतिनगरमा भारतीय पर्यटककाे चहलपहल बढ्दै

खबरडबली संवाददाता

इलाम । इलामको नेपाल भारत सीमावर्ती बजार पशुपतिनगरमा भारतीय पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीको संक्रमणपछि सुस्ताएको पशुपतिनगरमा भारतीय पर्यटकको चहलपहलसँगै आर्थिक गतिविधि बढेको हो । 

पशुपतिनगरमा अहिले भारतीय र बंगाली पर्यटकको चहलपहल बढेको सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए । भारतको पश्चिम बंगाल  दार्जिलिङ र सिक्किमका पहाड घुम्न आएका पर्यटक पशुपतिनगर आउने गरेको पाइएको छ । पश्चिम बंगालको सिलिगुडी, डुवर्स, नक्सल लगायतका स्थानबाट भारतकै पहाडी क्षेत्र घुमफीरका लागि आएका पर्यटक पशुपतिनगर, कन्याम र अन्तु घुम्न आउने गरेको स्थानीयको भनाइ छ । 

भारतीय पर्यटकका कारण पशुपतिनगर बजार खचाखच हुन थालेको स्थानीय ब्यवसायी बिमल देवानले बताए । उनका अनुसार मंसिर महिना सुरु भएपछि भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । ‘मंसिरदेखि बैशाखसम्म भारतीय पर्यटकको भिड लाग्ने गर्छ’ देवानले भने । आएका पर्यटकले कपडा, सजावटका सामग्री र नेपालका खाद्यबस्तु किनेर फर्कीने गरेका छन् । घिउ, छुर्पी, ललिपपसहितका कोसेलीका परिकार प्राय भारतीय पर्यटकले खरिद गर्ने गरेको स्थानीय ब्यवसायी बन्दना प्रधानले बताइन । 

पशुपतिनगर बजार बर्षौदेखि भारतीय पर्यटकको भरमै चलीरहेको छ । पशुपतिनगर नाका भएर दैनिक एक हजार बढी पर्यटक भित्रिने गरेको पर्यटन कार्यालय पशुपतिनगरको तथ्याङ्कमा उल्लेख छ । यहाँबाट इलामका बिभिन्न पर्यटकीय स्थल र ताप्लेजुङको पाथीभरा मन्दिरसम्म जाने पर्यटक भित्रिने गरेका छन् । 

भारतसँग सहज नाकाको रुपमा रहेको पशुपतिनगरसम्म भारतीय सवारी साधन ल्याउन भन्सार शुल्क लाग्दैन । जसलेगर्दा पर्यटक बढी आउने गरेको पाइन्छ । पशुपतिनगर बाहेकका अन्य पर्यटकीयस्थल पुग्नका लागि भन्सार र सडकको रुट पर्मिट भारतीय सवारी साधनले तिर्नुपर्छ । 

कोशी प्रदेश सरकारले भारतीय सवारी साधनको पटके र सडक इजाजत पशुपतिनगरमा काट्न थालेपछि पर्यटकलाई थप सहज भएको सूर्योदय नगरपालिका वडा नं. २ का वडाध्यक्ष डिक बम्जनले जानकारी दिए । पर्यटकको चहलपहल बढेपछि पशुपतिनगरको ब्यवसाय चलायमान बन्नुका साथै होटल ब्यवसाय समेत फस्टाएको व्यवसायीहरुको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending