Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

इलामकाे पशुपतिनगरमा भारतीय पर्यटककाे चहलपहल बढ्दै

खबरडबली संवाददाता

इलाम । इलामको नेपाल भारत सीमावर्ती बजार पशुपतिनगरमा भारतीय पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीको संक्रमणपछि सुस्ताएको पशुपतिनगरमा भारतीय पर्यटकको चहलपहलसँगै आर्थिक गतिविधि बढेको हो । 

पशुपतिनगरमा अहिले भारतीय र बंगाली पर्यटकको चहलपहल बढेको सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए । भारतको पश्चिम बंगाल  दार्जिलिङ र सिक्किमका पहाड घुम्न आएका पर्यटक पशुपतिनगर आउने गरेको पाइएको छ । पश्चिम बंगालको सिलिगुडी, डुवर्स, नक्सल लगायतका स्थानबाट भारतकै पहाडी क्षेत्र घुमफीरका लागि आएका पर्यटक पशुपतिनगर, कन्याम र अन्तु घुम्न आउने गरेको स्थानीयको भनाइ छ । 

भारतीय पर्यटकका कारण पशुपतिनगर बजार खचाखच हुन थालेको स्थानीय ब्यवसायी बिमल देवानले बताए । उनका अनुसार मंसिर महिना सुरु भएपछि भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । ‘मंसिरदेखि बैशाखसम्म भारतीय पर्यटकको भिड लाग्ने गर्छ’ देवानले भने । आएका पर्यटकले कपडा, सजावटका सामग्री र नेपालका खाद्यबस्तु किनेर फर्कीने गरेका छन् । घिउ, छुर्पी, ललिपपसहितका कोसेलीका परिकार प्राय भारतीय पर्यटकले खरिद गर्ने गरेको स्थानीय ब्यवसायी बन्दना प्रधानले बताइन । 

पशुपतिनगर बजार बर्षौदेखि भारतीय पर्यटकको भरमै चलीरहेको छ । पशुपतिनगर नाका भएर दैनिक एक हजार बढी पर्यटक भित्रिने गरेको पर्यटन कार्यालय पशुपतिनगरको तथ्याङ्कमा उल्लेख छ । यहाँबाट इलामका बिभिन्न पर्यटकीय स्थल र ताप्लेजुङको पाथीभरा मन्दिरसम्म जाने पर्यटक भित्रिने गरेका छन् । 

भारतसँग सहज नाकाको रुपमा रहेको पशुपतिनगरसम्म भारतीय सवारी साधन ल्याउन भन्सार शुल्क लाग्दैन । जसलेगर्दा पर्यटक बढी आउने गरेको पाइन्छ । पशुपतिनगर बाहेकका अन्य पर्यटकीयस्थल पुग्नका लागि भन्सार र सडकको रुट पर्मिट भारतीय सवारी साधनले तिर्नुपर्छ । 

कोशी प्रदेश सरकारले भारतीय सवारी साधनको पटके र सडक इजाजत पशुपतिनगरमा काट्न थालेपछि पर्यटकलाई थप सहज भएको सूर्योदय नगरपालिका वडा नं. २ का वडाध्यक्ष डिक बम्जनले जानकारी दिए । पर्यटकको चहलपहल बढेपछि पशुपतिनगरको ब्यवसाय चलायमान बन्नुका साथै होटल ब्यवसाय समेत फस्टाएको व्यवसायीहरुको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: