धनुषा । धनुषाको नगराइन नगरपालिकाअन्तर्गत विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी तथा शिक्षकले विगत चार महिनादेखि तलब सुविधा पाएका छैनन् । त्यसको विरोधमा आन्दोलनमा हुँदा कामकाज नै प्रभावित भएको छ ।
पटकपटक ताकेता गर्दा पनि तलब सुविधा नपाएपछि बाध्य भएर दैनिक कामकाज छाडेर आन्दोलनमा उत्रिनुपरेको राजेश्वर निधि माध्यमिक विद्यालयका प्राध्यानापक प्रेमकुमार निधिले बताए । उनका अनुसार साउनदेखि नै त्यहाँका १६ वटा विद्यालयका शिक्षक तथा कर्मचारी, कार्यालय सहयोगी, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्यकर्मी, विभिन्न वडाका कर्मचारीले तलब पाएका छैनन् ।
बडादसैँ, तिहार तथा छठपर्वजस्ता महत्त्वपूर्ण पर्वमा समेत तलब नदिएको र हाल दैनिक गुजारा चलाउन पनि समस्या भएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको प्रधानाध्यापक निधिको भनाइ छ । “भदौमा तलब सुविधाको माग गर्दै त्यहाँका कर्मचारी तथा शिक्षकले नगरप्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई ज्ञापनपत्रसमेत बुझाएका थियौँ तर हालसम्म पनि त्यसको सुनुवाइ भएन । पछिल्लो समय दैनिक जीवनयापनका लागि अत्यावश्यक वस्तुको जोहो गर्न पनि समस्या भयो, त्यसैले आन्दोलन गर्नुपरेको छ”, उनले भने ।
यहाँ नगरप्रमुख र उपप्रमुख फरक पार्टीका भएकाले सुरुदेखि नै समस्या हुँदै आएको छ । यहाँ नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)बाट निर्वाचित प्रतिनिधि छन् । यसपटक पनि २०८१/८२ को नगरसभासमेत हुनसकेको छैन । नगरप्रमुख विजय यादवले नगरसभाबाट नीति, कार्यक्रम र बजेट नै पारित नभएकाले तलब खुवाउनसमेत नसकिएको बताए ।
स्थानीय रामेश्वर यादवले नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षको आन्तरिक विवादका कारण नगरपालिकाले समस्या भोगिरहेको बताए । आन्दोलनका कारण अहिले नगरपालिकाको मुख्यद्वारमा ताला लगाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: