काठमाडौं । नेकपा (माओवादी केन्द्र) का कीर्तिपुर नगरपालिका प्रमुख पदका उम्मेदवार प्रा.डा. शिवशंकर महर्जनले चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।
प्रा.डा.महर्जनले कीर्तिपुर नगर क्षेत्रभित्रका ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार खर्च नगरपालिकाले नै बेहोर्ने प्रतिबद्धता व्यक्त गरे । ज्येष्ठ नागरिकले जुनसुकै स्वास्थ्य संस्थामा सेवा लिएपनि सो खर्च नगरपालिकाले बेहोर्ने उनको भनाइ छ ।
आफ्नो नेतृत्वमा सङ्घीय सरकारद्वारा ज्येष्ठ नागरिक तथा एकल महिलालाई प्रतिमहिना प्रदान गरिने सामाजिक सुरक्षा भत्ता वितरण तथा नवीकरण प्रक्रियालाई सजिलो र प्रभावकारी बनाइने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यसैगरी, सुत्केरी महिलालाई प्रदान गरिँदै आएको भत्ता वृद्धि गर्ने, प्रत्येक वडामा दिवा वृद्ध सेवा केन्द्र स्थापना गरिने, प्रत्येक वडामा श्रम गर्न योग्य युवाहरुको अभिलेख तयार गर्ने, अलपत्र छोडिएको खेलकुद मैदान एवम् भौतिक पूर्वाधारको सम्बन्धित निकायसँग समन्वय गरी यथाशिघ्र निर्माण गर्न आवश्यक पहल गरिने, रोजगारमुखी व्यवासायिक एवम् सीपमूलक तालिमको व्यवस्था गर्ने लगायत मुख्य दश वटा बुँदामा प्रतिबद्धता पत्र सार्वजनिक भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: