पाकिस्तान । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरुका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको लगाई मोबाइल सेवासमेत बन्द गरेको बताएका छन् ।
अफगानिस्तान सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा प्रहरी एस्कसँग यात्रा गरिरहेका शिया मुसलमानको दुईवटा छुट्टै समुहमा बन्दुकधारीले बिहीबार गोली हानेका थिए । लामो समय देखि यस क्षेत्रमा सुन्नी र शिया मुस्लिम जनजातिहरू बिच झडप भईरहेको छ ।
एक वरिष्ठ प्रशासनीक अधिकारी जावेद उल्ला महसुदले कुर्रममा भएको हमलाको पुष्टि गरेका छन् । उनका अनुसार पीडितहरू मध्ये सात जना महिला र तीन जना बालबालिकासमेत रहेका छन् भने आक्रमणमा १६ जना घाइते भएका छन् । एक वरिष्ठ प्रशासनिक अधिकारीले नाम नछाप्ने सर्तमा शुक्रबार जिल्लाभर मोबाइल सेवा बन्द गरिएको जनाउँदै मुख्य सहर पाराचिनारमा स्थानीयले धरना तथा प्रदर्शन गर्दा स्थिति तनावपूर्ण भएको बताएका छन् ।
माथिल्लो र तल्लो कुर्रम जोड्ने मुख्य सडकमा कर्फ्यू लगाइएको तथा बजार र यातायात बन्द गरिएको अधिकारीले बताएक छन् । हिंसाको पाकिस्तानी अधिकारी र मानव अधिकार समूहहरूले निन्दा गरेका छन् । पाकिस्तानको स्वतन्त्र मानव अधिकार आयोग (एचआरसीपी) ले विज्ञप्ति मार्फत घटनाले सरकारले नागरिकको सुरक्षा गर्न असफल भएको पुष्टि गरेको छ । यसै गरी हिंसाको चक्रलाई तत्काल रोकी निर्णायक कदम चाल्न माग गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: