बाँके । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले जनतामा आशा जगाउने काम गरिरहेको बताएका छन् ।
नेकपा एमाले बाँके जिल्ला कमिटीको आयोजनामा शुक्रबार नेपालगञ्जमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले वर्तमान सरकारसँग आम जनताको तहबाट देखिएको आशालाई पूरा गरेर छोड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री अधिकारीले भने, "सरकारले जनतामा आशा जगाउने काम गरिरहेको छ, सरकारले जनताका आशा र अपेक्षालाई केन्द्रमा राखेर काम गरिरहेको छ ।" प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार मन्त्रालयहरु जनताको आशा र अपेक्षा पूरा गर्न लागिपरेको उनले बताए ।
मन्त्री अधिकारी सहकारीको क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउँदै समस्याग्रस्त सहकारीको वर्गिकरणको काम भइरहेको बताए । उनले सङ्घ र प्रदेश अन्तर्गत रहेका सहकारीको पहिचान गरी उनीहरुको अवस्था बुझ्न बलियो नियमावली निर्माण गर्न आवश्यक देखिएको बताए ।
केही समस्याग्रस्त सहकारीका कारण राम्रो काम गरेका सहकारीहरु पनि बदनाम भइरहेकाले सहकारीको स्पष्ट वर्गीकरण आवश्यक देखिएको मन्त्री अधिकारीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...
पौष २ गते, २०८२ - १८:०५
सुदूरपश्चिम । जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सम...
पौष २ गते, २०८२ - १८:०१
जुम्ला । जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिक टन स्याउ उत्पादन हुँदा रु ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयको...
पौष २ गते, २०८२ - १७:५९
रसुवा । सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीय बासिन्दाको माग बमोजिम सेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । सेयर पाउनुपर्ने माग दाबी गर्दै व...
पौष २ गते, २०८२ - १७:५८
पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेक...




प्रतिकृया लेख्नुहोस्: