Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मेलम्चीको पानी सहजरुपमा वितरण गर्न मन्त्री यादवको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौँ  उपत्यकावासीका घरमा पुगे नपुगेका विषयमा प्रत्येक दिन स्थलगत अनुगमन तथा निरीक्षण गर्न निर्देशन दिएका छन् । 

मेलम्चीको पानी वितरण भइरहेका कतिपय ठाउँका पाइपलाइन धमाधम फुट्न थालेका कारण पानी सहज रुपमा वितरण हुन नसकेको जानकारी आएपछि मन्त्री यादवले पानी नजानुका कारण र उपत्यकावासीका धारामा पानी पुगे नपुगेकाबारे स्थलगत निरीक्षण गर्न आज मातहतका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् । 

निर्देशनकै क्रममा मन्त्री यादवले भने, “प्रत्येक वडाहरुमा गएर मेलम्चीको शुद्ध खानेपानी आए नआएका बारे बुझ्नुस्, कहाँ समस्या भइरहेको छ, त्यो विषयमा स्थलगत अनुगमन गरेर समस्याको समाधान गरी पानी वितरण गर्नुहोला ।” 

मन्त्री यादवले जहाँ पाइप फुटेको छ त्यहीँ ठाउँमा मर्मत गर्न र सोही स्थानबाट तत्काल पानी सञ्चालनका लागि निर्देशन दिए । उनले भने, “खानेपानीका विषयमा कहाँ समस्या भइरहेका छन्, सो ठाउँमा तत्काल प्राविधिकसहितको टोली खटाएर पानी सञ्चालन गर्न म निर्देशन दिन्छु ।”

मेलम्ची खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप तत्काल जडान गरी पानी वितरण मन्त्री यादवले निर्देशन दिए । नागरिकका लागि पानी नभई नहुने तथा अतिआवश्यक पर्ने चिज भएकाले सकभर दैनिक, नभएका खण्डमा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएकाे काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी दिर्नेशक अशोक पौडेलले बताए । 

उनले भने, “मेलम्चीको पानी सकिन्छ भने प्रत्येक दिन वितरण गर्न र नसकिने भए एक दिन बिराएर बितरण गर्न मन्त्रीले निर्देशन दिनुभएको छ, अब कसरी सहज हुन्छ सोही हिसाबले हामी पानी वितरण गर्छौं ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending