बाकु । जलवायुजन्य मुद्दामा मिडियाको भूमिका र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिइएको छ ।मिडियाको सशक्त भूमिकाले जलवायु न्यायमा सहज हुने कुरामा विज्ञले जोडदिएका हुन् ।
बिहीबार अजरबैजानको बाकुमा आयोजित ‘नेपाली मिडिया र कोप २९ : जलवायु न्यायका लागि दिशा निर्देश’ विषयक अन्तरक्रियामा विज्ञले जलवायुजन्य विषयमा मिडियाको प्रभाव विश्वब्यापी बनाउन आग्रह गरिएको छ ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. सिन्धुप्रसाद ढुंगानाले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा समन्वयात्मक ढंगले काम भइरहेको जानकारी दिए । ‘जलवायु परिवर्तनको मुद्दा सबैको हो भन्ने अनुभुति गराउने प्रयासमा छौं,’ ढुंगानाले भने, ‘जलवायुको मुद्दा सवैको सरोकारको विषय भएकाले न्यायका लागि सबै सकारात्मक हुन जरुरी छ ।’
कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले नेपालका जलवायु सम्बन्धि मुद्दा विश्वब्यापी गराउन मिडियालाई साझेदारका रुपमा अगाडि बढाउन आग्रह गरे । ‘जलवायु न्याय समग्र नेपालको विषय हो। समस्याको विश्वब्यापीकरणका लागि मिडियाको विकल्प छैन,’ महाप्रबन्धक ऐरीले भने, ‘यो सवालमा राज्यले नै मिडियाको भुमिका प्रवर्द्धनमा ध्यानदिनु आवश्यक छ ।’
कार्यक्रममा न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेलले पछिल्लो समय सञ्चारमाध्यमहरुले जलवायु परिवर्तनका मुद्दालाई विशेष रुपले उठाउने गरेको बताइन् । उनले सरकारको तर्फबाट पनि सञ्चारमाध्यमसँग जलवायु परिवर्तनसम्बन्धी मुद्दामा समन्वय गर्नसके जलवायुजन्य असरको न्यूनिकरण गर्न सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा ओबिआइटी, डब्ल्यूडब्ल्यूएफ नेपालका नेशनल प्रोजेक्ट म्यानेजर राजन थापाले नागरिक र सरकारबीचको ग्याप मिडियाले निभाउनुपर्ने बताए । उनले जलवायु परिवर्तनसम्बन्धी मुद्दाहरुबारे जनस्तरमा सचेतना फैल्याउनका लागि पनि मिडियाको भुमिका महत्त्वपूर्ण हुने बताए ।
सम्मेलनमा नेपाली सञ्चारमाध्यमलाई पनि प्रभावकारी बनाउने गरी नीति बनाउन जरुरी रहेकोमा सहभागीले जोडदिएका छन् । कार्यक्रममा बाकुमा रहेका नेपाली प्रतिनिधि, संचारकर्मीलगायत नेपालबाट विभिन्न क्षेत्रका युवाको भर्चुयल सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: