Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्यालेस्टाइनद्वारा गाजा युद्धविरामको माग गर्दै राष्ट्रसङ्घको प्रस्तावमा अमेरिकी भिटोको निन्दा

खबरडबली संवाददाता

एजेन्सी । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा इजरायली आक्रमणको अन्त्य र युद्धविरामको आह्वान गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा बुधबार भिटो प्रयोग गरेकोमा अमेरिकाको निन्दा गरेका छन् । 

राष्ट्रपति अब्बासले अमेरिकाले चौथो पटक भिटो प्रयोग गरी इजरायललाई प्यालेस्टिनी तथा लेबनानी जनता विरुद्धको “अपराध” र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको उल्लेख गरेको प्यालेस्टिनी समाचार एजेन्सी डब्लुएएफए जनाएको छ । वक्तव्यमा यहाँले राष्ट्रसङ्घीय सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय समुदायमा प्यालेस्टाइनको माग स्पष्ट रहेको जनाउँदै “आक्रमण” रोक्न, युद्धविराम लागू र इजरायलले प्यालेस्टिनी जनता विरुद्ध गरेको “अपराध” लाई सम्बोधन आव्हान गरेका छन् । 

विज्ञप्तिमा मानवीय सङ्कट तथा भोकमरी अन्त्य गर्न तुरुन्तै कार्य गरेर प्यालेस्टिनी जनताको जिम्मेवारी लिन आग्रह गरिएको छ । प्यालेस्टिनी अख्तियारका विदेश मामिला तथा प्रवासी राज्यमन्त्री फार्सिन शाहिनले अमेरिकी  भिटोलाई “अन्यायपूर्ण, र अन्तर्राष्ट्रिय समुदायको इच्छा विपरीत भनेका छन् । 

यसै गरी हमासले एक विज्ञप्ति मार्फत भिटो प्रयोग गरेर अमेरिकाले आक्रमणको प्रत्यक्ष साझेदार बनेको प्रमाणित गरेको जनाएको छ । वक्तव्यमा अमेरिकालाई शत्रुतापूर्ण नीति” रोक्न आह्वान गर्दै युद्धको अन्त्य गरी यस क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न आह्वान गरेको छ । 

अमेरिकाले बुधबार गाजामा तत्काल युद्धविरामको आह्वान गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को मस्यौदा प्रस्तावमा भिटो प्रयोग गरे पछि संयुक्त राष्ट्रका अधिकांश सदस्यहरूले कडा आलोचना गरेका छन् । परिषद्का–१० लगायत गैर–स्थायी सदस्यहरूले मस्यौदामा तत्काल, स्थायी युद्ध विरामका साथै बन्धकको रिहाइको माग गरेका छन् । 

सुरक्षा परिषद्का सदस्यहरूमा १४ ले काउन्सिलले प्रस्तावको पक्षमा मतदान गरे भने अमेरिकाले यसलाई रोक्न स्थायी काउन्सिल सदस्यको रूपमा आफ्नो भिटो प्रयोग गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending