Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

रुकुमपूर्वकाे पुथाउत्तरगङ्गा गाउँपालिकामा ७ जनाले लिए उम्मेदवारी फिर्ता

खबरडबली संवाददाता

रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा ७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी मनोनयन दर्तामा उपाध्यक्ष पदका लागि ७ जना र २ नम्बर वडाको वडाध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । 

तर बुधबार उपाध्यक्ष पदका उम्मेदवार ४ स्वतन्त्र र एकीकृत समाजवादीका उम्मेदवार गरी ५ जना र २ नम्बरको वडाध्यक्ष पदमा उम्मेदवारी दिएका नेपाली काँग्रेस–नेकपा एमालेका उम्मेदवार र एक स्वतन्त्रले उम्मेदवारी फिर्ता लिएका हुन् । उपाध्यक्ष पदका उम्मेदवार ५ र वडाध्यक्ष २ गरी ७ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएकाे सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताए । 

सुवेदीका अनुसार उपाध्यक्ष पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका सुनिता बुढामगर, स्वतन्त्रतर्फका मोहनभक्त बुढा, श्रीदेवी सुनार विक, भिमकुमारी पुन मगर र कोपिला बुढा पुनले उम्मेदवारी फिर्ता लिएका छन् । साथै वडाध्यक्ष पदका उम्मेवदार काँग्रेस–एमालेका संयुक्त उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज बिकले उम्मेदवारी फिर्ता लिएका छन् । 

कांग्रेस–एमालेका उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज बिकले उम्मेदवारी फिर्ता लिएपछि वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् । अब उपाध्यक्ष पदका लागि मात्र निर्वाचन हुने भएको छ । उपाध्यक्ष पदमा ७ जनाको उम्मेदवार परेको थियो  । तर बुधबार ४ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिए । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको हाे । 

अब उपाध्यक्ष पदको लागि माओवादी केन्द्र–एसका साझा उम्मेदवार नरपुरा बुढा पुन र कांग्रेस–एमालेका संयुक्त उम्मेदवार केशकुमारी तुलाचन बिच मात्र चुनाव प्रतिस्पर्धा हुने भएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending