रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा ७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी मनोनयन दर्तामा उपाध्यक्ष पदका लागि ७ जना र २ नम्बर वडाको वडाध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो ।
तर बुधबार उपाध्यक्ष पदका उम्मेदवार ४ स्वतन्त्र र एकीकृत समाजवादीका उम्मेदवार गरी ५ जना र २ नम्बरको वडाध्यक्ष पदमा उम्मेदवारी दिएका नेपाली काँग्रेस–नेकपा एमालेका उम्मेदवार र एक स्वतन्त्रले उम्मेदवारी फिर्ता लिएका हुन् । उपाध्यक्ष पदका उम्मेदवार ५ र वडाध्यक्ष २ गरी ७ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएकाे सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताए ।
सुवेदीका अनुसार उपाध्यक्ष पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका सुनिता बुढामगर, स्वतन्त्रतर्फका मोहनभक्त बुढा, श्रीदेवी सुनार विक, भिमकुमारी पुन मगर र कोपिला बुढा पुनले उम्मेदवारी फिर्ता लिएका छन् । साथै वडाध्यक्ष पदका उम्मेवदार काँग्रेस–एमालेका संयुक्त उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज बिकले उम्मेदवारी फिर्ता लिएका छन् ।
कांग्रेस–एमालेका उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज बिकले उम्मेदवारी फिर्ता लिएपछि वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् । अब उपाध्यक्ष पदका लागि मात्र निर्वाचन हुने भएको छ । उपाध्यक्ष पदमा ७ जनाको उम्मेदवार परेको थियो । तर बुधबार ४ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिए । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको हाे ।
अब उपाध्यक्ष पदको लागि माओवादी केन्द्र–एसका साझा उम्मेदवार नरपुरा बुढा पुन र कांग्रेस–एमालेका संयुक्त उम्मेदवार केशकुमारी तुलाचन बिच मात्र चुनाव प्रतिस्पर्धा हुने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: