Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

बजेट अभावले विकास आयोजना प्रभावित: सभामुख घिमिरे

खबरडबली संवाददाता

झापा । सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास आयोजना प्रभावित भएको बताएका छन् ।

आफू निर्वाचन भएको दुई वर्ष पुगेकै दिन मंगलबार झापा क्षेत्र नम्बर २ का आधा दर्जन विकास आयोजना निरीक्षणमा पुग्नुभएका सभामुख घिमिरेले मुलुकको शिथिल अर्थतन्त्रको प्रभाव विकासमा सोझै परेको बताए । ‘तुलनात्मक रुपमा झापा क्षेत्र नम्बर २ मा धेरै योजना परेका छन्, तर पनि चित्तबुझ्दो अवस्था छैन,’ उनले मदन भण्डारी राजमार्ग अवलोकनका क्रममा भने, ‘तथापि मेरो प्रयास निरन्तर हुनेछ ।’

मुलुकको सर्वोच्च जनप्रतिनिधिमुलक संस्था संसदको सभामुखकोरुपमा विधि निर्माणमा आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने अवस्थामा पनि निर्वाचन क्षेत्रप्रतिको दायित्वबाट पछि नहट्ने सभामुखको भनाइ छ । ‘मलाई निर्वाचन जितेपछि ५ वर्ष जनताकै घरमा पुगेर बिताउँछु भन्ने थियो, परिस्थितिले सभामुख भएपछि भेटघाट कम भएको छ,’ उनले भने, ‘तर, जिल्लाको विकासमा काठमाडौंबाटै धेरै भन्दा धेरै पहल गर्ने अवसर पनि मिलेको छ ।’

सभामुख घिमिरे चार दिनको कार्यक्रम बनाएर आइतबार बिर्तामोड आएका थिए । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सोमबार काठमाडौं पुगेर सोही दिन साँझ पुनः झापा आएका थिए ।

आइतबार झापा आएलगत्तै बिर्तामोड र कनकाई क्षेत्रको अवलोकनमा निस्कनुभएका घिमिरेले सोमबार निर्माण तयारीमा रहेको सुपारी प्रशोधन केन्द्रको अवलोकन गरेका थिए ।

मंगलबार बिहानदेखि राति अबेरसम्म घिमिरे प्रदेश सभा सदस्य चिन्तन पाठकसहित राजनीतिक दलका अगुवा, आयोजनाका अधिकारीहरूसहित निर्वाचन क्षेत्र अन्तगर्तका विभिन्न आयोजनामा पुगेका थिए ।

सभामुख घिमिरेले अर्जुनधारा ११ स्थित बुट्टाबारीबाट सालबाडी हुँदै कालिकास्थान जोड्ने सडकको स्थलगत अवलोकन गरे । कालोपत्रे हुन नसकेर रोकिएको ९ दशमलव २ किमि लामो सडकको काम अगाडि बढाउने क्रममा सभामुखले सम्बद्ध पक्ष तथा स्थानीयसँग अन्तक्र्रिया गरेका थिए । 

कार्यक्रममा निर्माण पक्षले आगामी असारसम्ममा निर्माण सम्पन्न हुने जानकारी दिएको थियो । घिमिरेले हात्ती आतंक कम गर्न आफ्नो पहलमा भएको इलेक्ट्रिक फेन्सिङ सम्बन्धी कामको प्रगतिबारे बुझेका थिए ।

इलेक्ट्रिक फेन्सिङ प्रविधि प्रभावकारी भएको बताउँदै उनले थप क्षेत्रमा विस्तारका लागि पहल गर्ने बताए । सभामुख घिमिरे बुधबार पनि झापाका विभिन्न कार्यक्रममा सहभागी भएर साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending