Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

पहिलो पटक नेपाली चिया चीनमा निर्यात

खबरडबली संवाददाता

इलाम । इलामको गोर्खा टी स्टेटले पहिलो पटक चीनमा नेपाली अर्थोडक्स चिया निर्यात गरेको छ । युरोप, अमेरीका लगायतका देशमा चिया निर्यात गर्दै आएको गोर्खाले चियाको सबैभन्दा ठूलो बजार चीनमा पहिलो पटक ७० लाख रुपियाँ मूल्य बराबरको ६ हजार ३ सय ६२ किलोग्राम चिया निर्यात गरेको हो । 

गोर्खा टी स्टेटका सञ्चालन तथा चिया उद्योगी उदय चापाँगाईले तीन वर्षदेखि बजारका लागि चीनमा कसरत गर्दा पहिलो पटक चिया पठाउन सफल भएको जनाकारी दिए । चीनका व्यापारीले यसअघि थोरै मात्रामा नेपाली चिया आफै किनेर लैजाने गरेका थिए । चिया उद्योगी चापाँगाईले भने, "भारतले नेपाली चियामा विषादीको मात्रा देखाएर दुख दिईरहेकोबेला चीनमा चिया निर्यात सुरु हुन चिया क्षेत्रका लागि सुखद पक्ष हो ।" उनले चियाको परीक्षण गरेर मात्र चीनले निर्यातको ढोका खोलेको बताए । उनले चिया निर्यात भएपनि नेपाली चिया पूर्ण रुपमा अर्गानिक गर्न सके मात्र ठूलो परिमाणमा चीनमा चिया निर्यात गर्न सकिने बताए । 

मेची भन्सार कार्यालय काकडभिट्टाका अनुसार पूर्वी नाका कोलकाता हुँदै नेपाली चिया चीन पुगेको छ । चीनको स्प्रिङ टी लिमिटेडले चिया किनेको गोर्खा टी स्टेटले जनाएको छ । नेपालले करिव दुई करोड किलोग्राम सीटीसी र करिब ६५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन गर्दै आएको राष्ट्रि चिया तथा कफी विकास बोर्डको तथ्यांकमा उल्लेख छ । ९० प्रतिशतभन्दा बढी सीटीसी र ८० प्रतिशत हाराहारीको अर्थोडक्स चिया भारत निकासी हुँदै आएको छ ।

नेपालमा करिब १७ हजार हेक्टर जमीनमा चियाखेती हुन्छ, जसबाट वार्षिक २३ हजार ७ सय ४५ टन चिया उत्पादन हुने चिया तथा कफी विकास बोर्डले जनाएको छ । चियामा १७ हजारभन्दा बढी किसान आवद्ध छन् । ६० हजारभन्दा बढी श्रमिक प्रत्यक्ष चियामा संलग्न छन् । नेपालमै सबैभन्दा बढी अर्थोडक्स चिया इलाममा उत्पादन हुने गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: