दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–२, दैभातका स्थानीयले दुर्गमका समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको गुनासो गरेका छन् । सुन्दर हिमाली गाउँ दैभात पुग्न अपिहिमाल–५, मकरीगाडबाट छ घण्टा उकालो चढ्नु पर्छ । दैभातवासी शिक्षा, स्वास्थ्य, पुल, सडक, यातायात, विद्युत्लगायतका सुविधाबाट वञ्चित छन् ।
दैभातका स्थानीय प्रकाशसिंह धामीले भने, “मकरीगाडबाट दैभात पुग्न सडक त टाढाको कुरा खच्चड हिँड्ने घोरेटो बाटोसमेत छैन । करिब एक दिन लाग्ने उकालो पैदलमार्ग मर्मत नगरिदिँदा खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न सास्ती भोग्नु परेको छ । भरियामार्फत प्रतिकेजी ६० रुपियाँ तिर्नुपर्ने बाध्यता छ ।”
“खाने नुन मकरीगाडमा ५० रुपियाँ प्रतिकेजी पाइन्छ,” उनले भने, “६० रुपियाँ ढुवानी भाडा तिरेर ११० प्रतिकेजी नुन खानुपर्ने दैभातवासीको बाध्यता छ । खच्चड चल्ने बाटो स्थानीय सरकारले मर्मत नगरिदिँदा किनेको मूल्यभन्दा बढी ढुवानी भाडा तिर्नु परेको अर्का स्थानीय मञ्जु धामीले बताइन । गाउँमा कक्षा ५ सम्मको मात्रै विद्यालय छ, सो विद्यालयमा पक्की भवन छैन । कक्षा ६ देखि विद्यार्थीलाई घुसा, खण्डेश्वरी पुग्न पूरै एक दिन लाग्छ । नजिकमा विद्यालय नहुँदा कि त विद्यालय छोड्नुपर्ने, कि त डेरा गरेर गाउँबाहिर विद्यालय पढ्नुपर्ने बाध्यता छ । स्वास्थ्य संस्था नहुँदा उपचार नपाइने तथा सिटामोलका लागि समेत पूरै दिनभरि हिँड्नुपर्ने बाध्यता दैभातवासीमा छ । दैभातदेखि सकारसम्म झोलुङ्गे पुल निर्माण भए विद्यालय र स्वास्थ्य संस्था पुग्न एक दिनको बाटो एक डेढ घण्टामा छोटिने भएकाले पुल निर्माण अपरिहार्य रहेको स्थानीय प्रकाश धामीले बताए ।
दैभातमा अहिलेसम्म विद्युत् नपुग्दा बस्ती अन्धकारमा छ । जिल्लाभरि विद्युतीकरण भइरहेको भए पनि अहिलेसम्म दैभातमा बिजुली पुर्याउने कुनै सुरसार छैन । विद्युत् पोल ढुवानी गर्न समस्या भएकोले विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तारमा समस्या भएको स्थानीयको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: