Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा क्याम्पसका अध्यक्ष पक्राउ

खबरडबली संवाददाता

महोत्तरी । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा फरार रहँदै आएका जलेश्वरस्थित रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पसका अध्यक्ष देवेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । 

फरार सूचीमा रहेका अध्यक्ष चौधरीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । उनका अनुसार सोमबार आकस्मिक बिदा परेका कारण मङ्गलबार अदालतमा पेश गरेर म्याद थप गरिएको छ । 

सोमबार क्याम्पसमा बैठक चलिरहेको बेला सादा पोशाकमा गएका प्रहरीले चौधरीलाई पक्राउ गरिएको क्याम्पस प्रमुख अजयकुमार झाले बताए । पक्राउ परेका अध्यक्ष चौधरीको हकमा असई थमन विक हत्या र विभिन्न प्रहरी चौकीहरुमा आगजनीको मुद्दा मुल्तवीमा राखिएको छ । 

जिल्ला अदालत महोत्तरीले २०८० मङ्सिर २८ गते फैसला गर्दै तराई मधेश आन्दोलनको क्रममा हत्या गरिएको सशस्त्र प्रहरीका असई विकको हत्या घटनामा  दुई जनालाई सफाइ र सात जनालाई जन्मकैदको सजाय सुनाइएको थियो । तत्कालीन महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले महोत्तरी क्षेत्र नं. १ बाट निर्वाचित भएका एमालेका सांसद लक्ष्मी महतो कोइरी र थमन विकको हत्या आरोपमा पक्राउ परी पाँच वर्षदेखि कारागारमा रहेका पवन कापरलाई सफाइ दिएका थिए । साथै लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मासहित सातजनालाई जन्मकैदको सजाय सुनाइएको थियो ।

विक हत्याको आरोपमा धरौटीमा रिहा भएका मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख रामशङ्कर मिश्र, लोसपाका महासचिव सुरेश पाण्डेय तथा धर्मेन्द्र रायलाई जन्मकैदको फैसला भएको थियो भने हत्याको आरोपमा कारागारमा रहेका प्रदीप साह र सञ्जयकुमार साहलाई जन्मकैदको फैसला भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending