Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जलवायु वार्तामा गतिरोध तोड्न जी–२० मा आशा

खबरडबली संवाददाता

बाकु । राष्ट्रहरू सोमबार गतिरोधमा परेको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा फर्किँदैछन् । संसारको अर्को छेउमा भेला भएका जी–२० नेताहरूले गरिब देशहरूका लागि सम्झौतामा समर्थन जुटाउने आशा गरिएको छ । 

अजरबैजानको क्याभर्नस स्टेडियममा दुई हप्ताको सौदाबाजीको आधा समय बित्दा पनि कूटनीतिज्ञहरू कोप–२९ को सफलता वा असफलतालाई परिभाषित गर्ने सम्झौताको नजिक पुग्न सकेका छैनन् । बाकुमा वार्ताको जिम्मा लिने सरकारी मन्त्रीहरूसँग विकासशील विश्वलाई विश्वव्यापी तापक्रम वृद्धिको सामना गर्न आवश्यक पर्ने पैसा कसरी उपलब्ध गराउने भन्ने गतिरोध तोड्न शुक्रबारसम्मको समय छ । वार्षिक शिखर सम्मेलनका लागि ब्राजिलमा भेला हुँदा जी–२० नेताहरूमाथि रोकिएको प्रक्रियालाई समर्थन गर्न दबाब बढिरहेको छ । 

“कोप–२९ को सफल नतिजा अझै पनि सम्भव छ तर यसका लागि नेतृत्व र समझदारी, विशेष गरी जी–२० देशहरूबाट आवश्यक पर्छ”, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबार रियो डी जेनेरियोमा भने । गुटेरेस विश्वको सबैभन्दा ठूला अर्थतन्त्रहरूको समूह जी–२० शिखर सम्मेलनमा सहभागी छन् । “स्वाभाविक रूपमा जी–२० मा ध्यान केन्द्रित छ । उनीहरूले विश्वव्यापी उत्सर्जनको ८० प्रतिशत हिस्सा ओगट्छन्”, समूहलाई ‘उदाहरण बनेर नेतृत्व गर्न’ आह्वान गर्दै उनले भने । 

आयोजकमाथि दबाब

संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पको पुनर्निर्वाचनको छायाँमा सम्मेलन सुरु भयो र विश्वव्यापी जलवायु लडाइँका लागि समर्थन जुटाउने प्रयासले अर्जेन्टिनाको प्रतिनिधिमण्डल शिखर सम्मेलनबाट फिर्ता भएपछि अर्को धक्का खायो । कोप–२९ मा झन्डै दुई सय राष्ट्रले विकासोन्मुख देशहरूलाई ‘हिट–ट्र्यापिङ’ ग्यासको उत्सर्जन कटौती गर्न र बढ्दो जलवायु धक्काहरू विरुद्ध लचिलोपन निर्माण गर्न पर्याप्त रकम उपलब्ध गराउने नयाँ सम्झौताको वार्ता गरिरहेका छन् । 

चीन बाहेकका विकासोन्मुख देशहरूको आवश्यकता मूल्याङ्कन गर्न संयुक्त राष्ट्रसङ्घद्वारा नियुक्त स्वतन्त्र अर्थशास्त्रीहरूका अनुसार यसका लागि दशकको अन्त्यसम्ममा वार्षिक १० खर्ब डलर बाह्य सहायता आवश्यक पर्नेछ । जलवायु–जोखिममा रहेका राष्ट्रहरूले यसको एक हिस्सा विकसित देशहरूले तिर्नुपर्ने चाहन्छन् तर दाताहरूले उनीहरू एक्लैले त्यो रकम जुटाउन नसक्ने र निजी क्षेत्र पनि संलग्न हुनुपर्ने बताउँछन् ।

उनीहरूले जलवायु वित्त तिर्न बाध्य नभएका धनी उदीयमान अर्थतन्त्रहरू विशेषगरी चीनले पनि बोझ बाँड्नुपर्ने चाहन्छन् ।
युरोपेली सङ्घ अन्तर्राष्ट्रिय जलवायु वित्तको सबैभन्दा ठूलो योगदानकर्ता हो तर यसले राजनीतिक र बजेट दबाबको सामना गरिरहेको छ र ट्रम्पअन्तर्गत अमेरिकाले भुक्तानी गर्न अस्वीकार गरेमा एक्लै पर्न सक्छ । बाकुमा भएको सौदाबाजी हिमनदी जस्तै सुस्त रहेको छ तर चिनियाँ र युरोपेली अधिकारीहरूबीचको बैठकलाई अन्यथा निराशाजनक हप्तामा आशाको किरण मानिएको छ । 

पर्यवेक्षकहरूका अनुसार वर्षौंयताकै सबैभन्दा जटिल मानिएको जलवायु वार्ताको नेतृत्व गर्न महत्त्वपूर्ण नेतृत्वको आवश्यकता रहेको बेला कोप–२९ को आयोजक अजरबैजानसँग कूटनीतिक अनुभवको कमी छ । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ जीवाश्म इन्धनको बचाउ गरेकोमा आलोचनामा परे । त्यस्तै फ्रान्सको औपनिवेशिक इतिहासबारे उनको आक्रामक टिप्पणीका कारण पेरिसका जलवायु दूतले बाकुको टिकट रद्द गरे । 

वित्तीय गतिरोधका अतिरिक्त कोप–२९ मा देशहरूले गत वर्षको ऐतिहासिक विश्वलाई जीवाश्म इन्धनबाट टाढा लैजाने प्रतिबद्धतालाई पुनः दोहोर्याउनुपर्ने छ कि छैन भन्ने विवाद पनि उठिरहेको छ । पहिलो दिन कोप–२९ को औपचारिक एजेन्डामा यो विषय समावेश गर्ने कि नगर्ने विवादले शिखर सम्मेलनको सुरुआत नै केही घण्टा ढिला भएको थियो ।

“हामी अत्यन्त निराश छौँ, उत्सर्जन कटौतीका प्रयासहरू कोप–२९ मा खाली पृष्ठभन्दा बढी केही थिएनन्”, युरोपेली सङ्घको तर्फबाट बोल्दै भेरोनिका स्कोलाज्स्टिका बागीले शनिबार भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending