किएभ । अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न स्वीकृति दिएको छ । एक अमेरिकी अधिकारीले नाम न छाप्ने सर्तमा द न्युयोर्क टाइम्स र द वासिङ्टन पोस्टको रिपोर्टलाई पुष्टि गर्दै युक्रेनले लामो समयदेखि माग गर्दै आएको नीति परिवर्तन उत्तर कोरियाले मस्कोको युद्ध प्रयासलाई सहयोग गर्न सेना तैनाथ गरेको प्रतिक्रियामा यो स्वीकृति आएको बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयदेखि वासिङ्टनबाट शक्तिशाली मिसाइल प्रणाली प्रयोग गर्ने अधिकारका लागि आग्रह गर्दै आएको थियो । क्रेमलिनबाट भने यो समाचारमा बारेमा तत्काल कुनै प्रतिक्रिया आएको छैन । रया नोभोस्ती एजेन्सीले रूसी तल्लो सदन (डुमा)को रक्षा समितिका प्रमुख आन्द्रेई कार्तापोलोभलाई उद्धृत गर्दै युक्रेनमा कुनै पनि कुराले अपरेसनको मार्ग परिवर्तन नगर्ने जनाएको छ ।
उत्तर कोरियाली सेनाको युद्धमा प्रवेश तथा आइतबारको ठूलो रूसी मिसाइल आक्रमणको सन्दर्भमा राष्ट्रपति बाइडेनले (रूसी राष्ट्रपति) पुटिनले बुझ्ने भाषामा प्रतिक्रिया दिएको विदेश मन्त्री रादोस्ला सिकोर्स्कीले एक्स मार्फत जनाएको छ । आक्रमणको सिकार भएकोलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको उनले बताएको छ । युक्रेन युद्धमा आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको चीनले शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ ।
“प्रारम्भिक युद्धविराम र राजनीतिक समाधानले सबै पक्षको हितमा काम गर्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित ब्रीफिंगमा बताएको छ । आइतवार साँझको सम्बोधनमा जेलेन्स्कीको प्रतिक्रिया मौन रहेको जनाइएको छ ।
जाडो नजिकिँदै जाँदा बिजुली कटौती तथा ११ जना सर्वसाधारणको ज्यान लिने आक्रमण र पहिले नै नाजुक ऊर्जालाई थप क्षति पुर्याउने ठूलो आक्रमण गरेपछि युक्रेनले सोमबारदेखि देशव्यापी आपतकालीन बिजुली प्रतिबन्धको घोषणा गरेको केही समय पछि बाइडेनको यस्तो स्वीकृति आएको हो ।
उत्तरपूर्वी सहर सुमीमा आइतबार साँझ भएको अर्को आक्रमणमा दुई बालकसहित दश जनाको मृत्यु भएको छ । रूसको यो कार्यले द्रुतरुपमा अन्तर्राष्ट्रिय निन्दा बटुलि रहेको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले “ऊर्जा र महत्वपूर्ण नागरिक पूर्वाधार” लाई लक्षित गरी गरेको आक्रमणको निन्दा गरेको उनका प्रवक्ता स्टेफन डुजारिकले एक विज्ञप्ति मार्फत जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: