Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

शतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा मन्त्रालय अन्तर्गत निकायको चालु आर्थिक बर्ष २०८१/८२ को  पहिलो त्रैमासिक प्रगति समिक्षामा मन्त्री विद्या भट्टराईले शतप्रतिशत नतिजा निकाल्नेगरी काम गर्न निर्देशन दिएकी हुन् । 

छलफलमा मन्त्री भट्टराईले अर्थ मन्त्रालय र योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री  र मन्त्रीबिच भएको कार्यसम्झौतालाई प्राथमिकतामा राखी शतप्रतिशत उपलब्धि हासिल गर्नुपर्ने आवश्यक रहेको बताइन । मन्त्री भट्टराईले प्रभाबकारिता र उपलब्धि सेवाग्राहीले प्रत्यक्ष महसुस गर्नेगरी काम सम्पादनमा जुट्न सम्बद्ध कर्मचारीलाई निर्देशन दिइन । 

कमजोर कार्यान्वयन स्थितिलाई सुधार गर्न अनुगमन र पृष्ठपोषणमा जोड दिन उनले आग्रह गरिन । भट्टराईले नागरिकको मौलिक हक पूरा गर्नेगरी विज्ञान र समाजलाई जोडेर काम गर्न आग्रह गर्दै सामाजिक रूपान्तरका लागि आफैबाट परिवर्तन सुरु गर्नुपर्ने बताइन । 

बैठकमा मन्त्री भट्टराईले विद्यार्थीको सिकाइ उपलब्धि उच्चतम बनाउने कार्ययोजनासहित अनिवार्य तथा निःशुल्क शिक्षाको मर्म पूरा गर्न र सबै निकायसँग समन्वय गर्दै सुधार गर्न कठिनाइ भएका कार्यक्रमबारे बेलैमा छलफलगरी समस्या समाधान गर्न सबैलाई सचेत गराइन । 

विश्व वावु पुडासैनीले सचिव र सहसचिवबिच भएको सम्झौतालाई कार्यक्रम कार्यान्वयन‌को उपलब्धि सूचकाङ्कको रुपमा सम्पन्न गर्न छिटोछरितो सेवा प्रवाह र कार्यरत जनशक्तिको सक्रियतामा जोड दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को । रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष तालिमप्राप्त जनशक्तिको आवश्यकता रहेको रूसी उद्योग तथा व्यापार मन्त्रालयले जनाएको छ । मन्त्र...

सुडानमा संयुक्त राष्ट्रका शान्ति सैनिकमाथि भएको आक्रमणको सुरक्षा परिषद्द्वारा कडा निन्दा

संयुक्त राष्ट्र । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सुडानमा संयुक्त राष्ट्रको रसद केन्द्रमाथि गरिएको विस्फोटक आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । उक्त...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन । अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रति...

भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शन...

नेपालगञ्जका सात वडा कार्यालय भवनविहीन

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका सातवटा वडा कार्यालयहरू अझै पनि आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्न बाध्य छन्। उपमहानगरका वडा नम्बर ४, ५,...

मुस्ताङमा नेपाल र चीनकाे संयुक्त सुरक्षा गस्ती

मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी कोरला सीमा क्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको छ । हिउ...

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी । राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह सन्तोषजनक देखिए पनि जनशक्ति अभाव, बजेट न्यूनता र प्रविधिगत समस्याक...

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको पछिल्लो गणनामा घडियाल गोहीको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। निकुञ्ज कार्यालयल...

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका ताल...

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताएका छन् । उज्यालो नेपाल पार्टी चितवनको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending